कैलालीमा कोरोनाबाट झण्डै दुई सयको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो लहरका कारण नराम्ररी प्रभावित बनेको छ ।
जिल्लामा आवश्यक मात्रामा अक्सिजनको पूर्ति नहुँदा मृत्यु हुने संक्रमित बढेको देखिन्छ । कैलालीमा दोस्रो लहरको कोरोना संक्रमणका कारण वैशाख १ देखि ३१ गतेसम्म महिला तीन हजार ३७३ तथा पुरुष सात हजार १६८ गरी जम्मा १० हजार ४४१ जनामा कोरोना संक्रमण देखिएकामा हालसम्म दुई हजार ७४ महिला तथा चार हजार ८६३ पुरुष गरी छ हजार ९३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्लाका १३ स्थानीय तहमध्ये तीन गाउँपालिका महोन्याल, चुरे र कैलारीबाहेकका र अन्य जिल्लाबाट पठाइएका गरी उपचारका लागि कैलाली आएका ३९ सहित यस अवधिमा महिला ५८ र पुरुष १३१ गरी जम्मा १८९ जनाले ज्यान गुमाएका जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
















राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया