प्रधानमन्त्री ओलीको ‘त्यो पर्दैन’ शब्दमाथि सुनुवाई हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाई हुने भएको छ । प्रधानमन्त्री ओलीले गत वैशाख ३१ गते सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द छुटाएका थिए ।
प्रधानमन्त्री ओलीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश भन्न मानेका थिएनन् ।
सोही आधारमा प्रधानमन्त्री ओलीको सपथ ग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितका व्यक्तिहरूले दायर गरेका रिटको पेशी राणाले आफ्नै इजलासमा तोकेका हुन् ।
प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्याएकी थिइन् । ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथ ग्रहणको बाँकी अंश सुरु गरेका थिए । उनको जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् । यस्तै, ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्दसमेत उच्चारण गरेनन् ।
त्यस्तै, सांसद सदस्य नरहेका ६ जना पूर्व माओवादीका मन्त्रीहरुलाई दोस्रोपटक नियुक्ति दिइनु पनि संविधान विपरित रहेको दाबी गर्दै परेको रिटमाथि पनि राणाकै इजलासमा सुनुवाई हुँदैछ । सो रिट अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका थिए ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ शब्दमाथि सर्वोच्चमा रिट दायर











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया