प्रधानमन्त्री ओलीको ‘त्यो पर्दैन’ शब्दमाथि सुनुवाई हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाई हुने भएको छ । प्रधानमन्त्री ओलीले गत वैशाख ३१ गते सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द छुटाएका थिए ।
प्रधानमन्त्री ओलीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश भन्न मानेका थिएनन् ।
सोही आधारमा प्रधानमन्त्री ओलीको सपथ ग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितका व्यक्तिहरूले दायर गरेका रिटको पेशी राणाले आफ्नै इजलासमा तोकेका हुन् ।
प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्याएकी थिइन् । ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथ ग्रहणको बाँकी अंश सुरु गरेका थिए । उनको जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् । यस्तै, ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्दसमेत उच्चारण गरेनन् ।
त्यस्तै, सांसद सदस्य नरहेका ६ जना पूर्व माओवादीका मन्त्रीहरुलाई दोस्रोपटक नियुक्ति दिइनु पनि संविधान विपरित रहेको दाबी गर्दै परेको रिटमाथि पनि राणाकै इजलासमा सुनुवाई हुँदैछ । सो रिट अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका थिए ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ शब्दमाथि सर्वोच्चमा रिट दायर















एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर
डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
झापामा रुखले किचेर किशोरीको मृत्यु
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया