बारामा एकै घरमा दाजुभाइको घाँटी रेटेर हत्या
मेरोन्यूज
२०७८ जेठ ४ गते १२:११
काठमाडौँ । बारा कलैया उपमहानगरपालिका ७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा दुई बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू दुवै जना सहोदर दाजुभाइ हुन् । बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार बलुका ७ बजे दुवैजना घरबाट सँगै निस्किएका थिए । घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू हुन थालेको प्रहरीले जानकारी दिए ।
अनुसन्धानका लागि प्रहरीले प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले जानकारी दिए ।
कसले किन हत्या गरेको हो ? भन्ने बारे केही जानकारी नआइसकेको प्रहरी बताएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया