राजनीति : तिम्रो मार्केट भ्यालु

यसपटक पनि लामो लकडाउन हुन्छ जस्तो लाग्छ । तर, धेरै मानिसको स्वास्थ्य अवस्था सुधार भएको छ भने कमको सुधार भएको छैन । नहुनेहरुलाई पनि पशुपति नाथले रक्षा गरुन् ।
यो लकडाउनमा मलाई कसैले मेरो विद्यार्थी राजनीति र पढाइको सफलताको बारेमा सोध्नुभयो । पहिले पनि उहाँहरूलाई यसरी जवाफ दिए, “म राजनीतिमा स्वान्तसुखायको निम्ति होइन ख्यातिको लोभले पसेको हो , कलिलो उमेरमा मेरो यस्तै सोच आँएको थियो । तर, विद्यार्थी राजनीतिमा एक प्रकारको स्वान्तसुखाय, आन्नल प्राप्त हुन थाल्यो ।”
प्रसिद्धिको लोभ वास्तवमा भन्ने हो भने, मनबाट जतिजति कम भयो आँन्नदको मात्र उतिउति बढ्दै गयो । धेरै मान्छे वा मलाई चिन्ने मानिसको मनमा वा विभिन्न ठाउँमा मेरो राजनीति कदम बारे चर्चा हुन थाले छन् । कसैले ताली वा गालीप्रति म कम चासो राख्छु । किनभने म कसैको कमेन्टका लागि नभएर मूलत म आफ्नो आन्दको लागि काम गर्छु साथै मेरो काममा भएका तथ्यगत गल्ती सच्याउने कोसिस गर्छु । अन्य भैपरी आँउने तालि वा गालीलाई म सामान्य रूपमा लिन्छु । मलाई नबुझ्नेहरू भन्छन्, सन्का यो उमेर मा माथि पुगे पनि पछि तलनै पर्छे यस्ता कमेन्ट धेरै आँउछन बस् म यस्ता कुराको वास्ता गर्दिन ।
मलाई लाग्छ उनीहरु आँफ्नो हिसाबले सही होलान् म पनि आफ्नै हिसाबले गल्त छैन । मलाई सबै मानिस बालबालिका र साथीहरू सित प्रेम छ । त्यसैले म प्रेम भएकाले उनिहरुसँग खुलेर आँफ्नो कुरा भन्छु र रमाउछु । ख्यातिको लोभले मलाई राजनीति मा ल्याएको हो । टिकाएको होइन ।
यो लकडाउनमा मलाई केही दिदिबहिनी र दाजुभाइले सोधेको प्रश्न नानी तिमी हामी भन्दा धेरै सानो छौं साथै राजनीति तिम्रो आफ्नै मार्केट भ्यालु छ , हामी पनि तिमी जस्तै हुनुपर्यो भनेर मलाई हास्दै हुन्छ ।
तपाईहरु म जस्तो कहिल्यै हुन सक्नु हुन्न । मैले त्यस्तो भनी राख्दा उनिहरु मुखामुख गर्दै थिए । मैले फेरि भने पहिलो कुरा संसारमा कोही पनि मानिस कुनै पनि अर्को मानिस जस्तो हुन जरुरी छैन । हामी सबै बराबर रुपले विशेष वा उतिकै साधारण छौं । किन कोहीजस्तो हुने । आँफू, आँफूजस्तो हुने नि । हो मलाई मेरो बाबा ममीले कहिले पनि अरुजस्तो बन्नु भन्नुभएन । उहाँहरु अहिले पनि भनुहुन्छ आँफुले सततः प्रयास गर्नुपर्छ । आँफुलाई परमात्मा वा प्रकृतिबाट जेजस्तो क्षमता प्राप्त हुन्छ, त्यसैलाई आफ्नो व्यतित्वमा फुलाउन सक्नुपर्छ ।
दाइदिदीहरुको प्रश्न नै गलत छ । त्यसैले सबैले राजनीतिमा आस्ता राख्नु हुन्छ । साथै यो पनि बुझिराख्न जरुरत छ गलत प्रश्नले कहिलै सहीउतर पाउदैनन् । राजनीतिमा मात्रै होइन जिवनको हरेक ठाउँमा यहीँ नियम लागू हुन्छ ।
धेरै मानिस ठान्छन् महान ग्रन्थ गीता भगवान श्रीकृष्णका उपदेशको दस्तावेज हो । सत्य के भने गीता निर्माणमा अर्जुनका प्रश्नको पनि त्यतिकै योगदान छ । जति श्रीकृष्णका उपदेशको, अर्जुनको साटो पाण्डव पक्षमा कसको ताकत थियो ? जसले सोध्न सकोस् हे श्रीकृष्ण म कुन मुखले पितामह भीष्मको बध गरु ! कसरी गुरुवर द्रोणलाई मारुँ ! किन कौरव सेनालाई हराउँ ।
महारथी अर्जुनको साटो अरू कसैको मुखबाट यस्ता वाक्य निस्केका भए सस्तो मजाकझैँ सुनिन्थयो । ईच्छामृत्युको बरदानप्राप्त भीष्म पितामहको बध गर्ने । परम प्रतापी द्रोणाचार्यको सेनालाई हराउने ेअर्जुनको साटो अरु कसैले मुखबाट यस्तो कुरा निस्केको भए उपदेशसाटो श्रीकृष्णले व्यङ्ग्यात्मक मुस्कानसाथ छोटा मुह बडी बात भन्दै कुरा टुङ्ग्याईदिने थिए ।
गीता आफ्नो प्रथम अध्यायमै गर्भपतन हुन पुग्थिन । तर प्रशनकर्ता परम प्रतापी अर्जुन थिए । एक्लै सारा कौरव सेनाको नाश गर्ने क्षमता राख्थे । प्रश्न अर्जुनले सोधेका थिए । अतः श्रीकृष्ण हलुका उतर दिएर उमक्न सक्दैनन्थे । गीता पढेको छ भने अरू केही नपढे पनि हुन्छ । गिता पढेको छैनन् भने बाँकी जे पढे पनि मानिसको ज्ञान अधुरो नै रहनेछ । त्यसैले म ब्रान्ड भ्यालु र ख्याति कमाउन राजनीति गर्ने सोचमा छुईन म मात्रै अन्तमनको आन्नदको निम्ति छु । त्यसैले म कुनैदिन राजनीति नगरी कुनै पेशा अगालेर बस्न पनि सक्छु ।
सबैले राजनीतिलाई नाम, ब्रान्ड, भ्यालुका निम्ति मात्रै गर्नचाहानु हुन्छ । म आँन्दले गित मात्रै गाउछु भने नामि हुने चाहनाले गितार बजाउन थाल्दा अर्काको जस्तो बन्न सकिदैन ।
आँजभोलिको युवा पुस्ता निकै एम्बेस्सी छ । एक उमेरसम्म मानिस महत्वाकांक्षी भएको राम्रो हो ।बर्खाको मौसममा पनि खोलाको प्रवाह तीव्र भएन भने,त्यसले चर्को आवाजमा गडगडाहट उत्पन्न गरेन भने खोलाको अर्थ के नै रह्यो र त्यसैले जीवन भनेको हमेसा बर्खाको खहरेजस्तो कराउनुमात्र होइन रहेछ । जीवनमा कराउने बेला हुन्छ । अनि जीवनमा शान्त हुने बखत पनि आँउछ युवावस्थामा भीडलाई ठेलेर,चिरेर दौडमा अगाडि बढने, दुनियाँ संसार जित्ने आकाशको तारा टिपेर मन पराएको केटा वा केटी लाई ज्ञठ,ज्ञड वर्षको उमेरमा भनु जस्तै हो । त्यसैले हाम्रो युवा पुस्ताले नेट ईनटरनटको सामाजिक र आर्थिक परिवेश आदिको चमकधमकबीच आफ्नो बाट पहिल्याउन जरुरी छ।सही योजना र अहोरात्र मेहनतको रकेट
योजना ,योग्यता र मेहनतबिना महत्वाकांक्षीले जीवनमा फ्रस्ट्रेसनबाहेक केही ल्याउदैन । त्यसैले महत्वाकांक्षा र उदेश्य बीचको मसिनो तर ज्यादै अन्तर बुझ्न जरुरी छ।कसैले नामै नसुनेका साधारणझै देखिने तर उदेश्यमुलक जीवन बाँचिरहेका अन्गिन्ती मानिस पनि यहाँ धेरै छन् । संसारमा तिमध्य कतिपयले भाग्यलाई दोष दिन्छन् त्यसैले मलाई लाग्छ । भाग्य विशेष दैवीकृपा नभएर मेहनत र ईमानदारीको समजोड हुनुपर्छ त्यसैले मेहनत ईमानदारीता आँफुमा छ भने त्यहीँ नि भाग्य मा परिरणत हुन्छ ।
तपाईं जस जसले आफ्नो क्षेत्रमा निरन्तरता ईमानदारीसाथ मेहनत गर्नु भएको छ भाग्यले सबैको ढोका खटखटाएको छ । तर भाग्य ढोकामा उभिएको बेला त्यसलाई चिन्न सक्नुपर्छ । हरेक मानिसको जीवनमा कुनै न कुनै बखत मौका आँएको हुन्छ । सम्भावना आँएको बेला त्यसलाई चिनेर मिहनत र ईमानदारीसाथ निरन्तर अघि बढे भाग्यलाई खोजिरहनु पर्दैन ।
आफ्नो भाग्य तपाईंको अगाडि दुई हात जोडेर खडा हुन्छ । उ खडा भएको बेला तपाई आफ्नो हात बाँधेर बस्नुभयो भने कसैको केही लाग्दैन । त्यसैले भगवानले हरेक मानिसलाई कुनै न कुनै प्रकारको विशेष सीप दिएरै पृथ्वीमा पठाएको हुन्छन् । आफ्नो रुचि जुन विषयमा छ त्यसै क्षेत्रमा लाग्नु भयो भने एक दिन सफलता आँफै मिल्छ । चाहे पढाइ होस् चाहे राजनीति वा कुनै पेशा मिहेनत गर्ने मान्छेले कहिल्यै हार मानुहुदैन एकदिन अवश्य सफलता मिल्ने छ ।

लेखिका अनेरास्ववियुको ओखलढुंगा जिल्ला समिति सहसचिव हुन् ।
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया