राष्ट्रियसभा उपनिर्वाचन
लुम्बिनीमा एमालेबाट प्रदेश सांसद बनेका पाण्डेले दिए एमालेविरुद्ध उम्मेदवारी
राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ । आगामी जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी ५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । उनी नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका थिए ।
यस्तै, नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुअघि उनी कांग्रेसमा आबद्ध रहेका थिए ।
एमालेबाट प्रदेश सभा सदस्य जितेका पाण्डेले विपक्षी गठबन्धनबाट र माओवादीबाट राष्टिय सभाको यही सिटका लागि जितेका खड्काले एमालेबाट उम्मेदवारी दिएका हुन् ।
दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उनीहरूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४, माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ रहेका छन् ।
यसैगरी प्रदेश सभामा एमालेका ४१ सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ भने अम्बरबहादुर डाँगीले राजीनामा दिएका छन् । कांग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६ छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् ।
प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए ।
















नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
प्रतिक्रिया