राष्ट्रियसभा उपनिर्वाचन
लुम्बिनीमा एमालेबाट प्रदेश सांसद बनेका पाण्डेले दिए एमालेविरुद्ध उम्मेदवारी
राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ । आगामी जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी ५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । उनी नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका थिए ।
यस्तै, नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुअघि उनी कांग्रेसमा आबद्ध रहेका थिए ।
एमालेबाट प्रदेश सभा सदस्य जितेका पाण्डेले विपक्षी गठबन्धनबाट र माओवादीबाट राष्टिय सभाको यही सिटका लागि जितेका खड्काले एमालेबाट उम्मेदवारी दिएका हुन् ।
दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उनीहरूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४, माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ रहेका छन् ।
यसैगरी प्रदेश सभामा एमालेका ४१ सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ भने अम्बरबहादुर डाँगीले राजीनामा दिएका छन् । कांग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६ छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् ।
प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया