चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

नयाँ दिल्ली । भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन् । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो ।
त्यसमा परी कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ । सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ ।
सो डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका बताइएको छ । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।
मंगलबार प्रति घन्टा १८५ किलोमिटरका दरले सो चक्रवात आएको थियो । त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ । कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।


















रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया