नेपालमै अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण सफल

काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरे । मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाए ।
सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनको प्रतिबद्धता थियो । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने, “विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।’’
परीक्षण सफल भएसँगै अब नेपालले प्रेसर धान्न सक्ने लिलिण्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले अब उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावयायिक उत्पादन गर्न अनुमति दिने बताए । उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्यूनतम् मूल्य करिब १५ हजार पर्ने भने नाष्टको प्रविधि प्रयोग भएका सिलिण्डरको करिब १० हजार भन्दा कम मूल्य पर्नेछ ।
परीक्षण अवलोकन गर्न नाष्टको ललितपुस्थित मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत टोलीलाई धन्यावाद दिएका थिए । सो सिलिन्डर मा ग्यास सिलिण्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ ।
परीक्षण गर्दा ग्यासको दबाब २३५ बार सम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो । नास्टका उपकुलपति डा. श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए । मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञान तथा नवप्रवर्तत नीतिलाई कार्यान्वयनमा ल्याउनासाथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने बताए ।
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया