सशस्त्र प्रहरीको गोली लाग्दा भारत जान लागेका युवा घाइते
मेरोन्यूज
२०७८ जेठ ५ गते ११:२२

काठमाडौँ । नवलपरासी (पश्चिम)मा सशस्त्र प्रहरीले चलाएको गोली लाग्दा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका छन् ।
बुधबार बिहान ९ बजेतिर भारततर्फ जाँदै गरेका तीन जना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएको हो । विवाद भएसँगै प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।
घटनाबारे सशस्त्र प्रहरीको तर्फ केही सार्वजनिक भएको छैन ।
सम्बन्धित
प्रतिक्रिया