शनिबार, चैत ७, २०८२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध विपक्षी गठवन्धन अदालत जाने (पत्रसहित)

मेरोन्यूज २०७८ जेठ ५ गते १६:३२


Advertisement
nepal life insurencenepal life insurence

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिको विषयलाई लिएर विपक्षी गठवन्धन अदालत जाने भएका छन् । पोखरेलसँग बहुमत नहुँदा पनि उनलाई तत्कालिन अवस्थामा वहुमत दलको नेताको रुपमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गरेको भन्दै विपक्षी गठवन्धन न्यायको लागि अदालतको ढोका ढक्कढकाउन जाने निर्णयमा पुगेका हुन् ।

विपक्षी गठवन्धन कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको आज वसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको उनीहरुको निश्कर्ष छ । पोखरेललाई बैशाख १९ गते प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

विपक्षी गठवन्धनले पोखरेल विरुद्ध अविश्वास प्रस्ताव फेरि प्रदेश सभामा दर्ता गराएर विशेष अधिवशेन बोलाउन प्रदेश प्रमुखसाग माग गरेपनि प्रदेश प्रमुखले हिजो मात्रै एक वर्ष पोखरेललाई अविश्वास प्रस्ताव राख्न नपाउने भन्दै बैठक नबोलाउने जनाएका थिए ।

हेर्नुस् पत्र

प्रतिक्रिया