माओवादी स्थायी समिति बैठक
भारत रिसाउँला भनेर सरकारले चीनबाट भ्याक्सिन ल्याउन चाहेन : माओवादी

काठमाडौं । माओवादी केन्द्रले भारत रिसाउँला भनेर सरकारले चिनले कोभिड विरुद्धको भ्याक्सिन खोप र औषधी दिन चाहे पनि ल्याउन पहल नगरेको निश्कर्ष निकालेको छ । सरकार पछिल्ला दिनमा देखावटी रुपमा ‘राष्टवादी’ तर भित्री ब्यवहारमा ‘आत्मसमपर्णबादी’ देखिएको र भारतसँगको परामर्श विना नेपालमा कोभिडको भ्याक्सिन र औषधी समेत सरकारले ल्याउन नचाहेर कोभिडमा खेलाँची गरिरहेको आरोप माओवादी केन्द्र्को छ ।
सरकारले जनताको जनजीविका र स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम नगरी खेलाची गरिरहेको माओवादी बैठकमा छलफल भएको छ ।
माओवादी केन्द्रको आज पार्टी कार्यलय पेरिसडाडामा बसेको स्थायी समितिको बैठक यसै विषयमा केन्द्रीत रहेर छलफल भएको एक स्थायी समिति सदस्यले मेरो न्यूजलाई बताए । बैठक भोलि पनि पूनः ११ वजे पेरिसडाडामै बस्नेछ ।
चीनले नेपाललाई आवश्यक पर्दा भ्याक्सिन लगायतका सामाग्री उपलब्ध गराउने बताईरहेको छ । तर सरकारले त्यसका लागि औपचाकिर पहल लिन नसकिरहेका बेला माओवादी केन्द्रले त्यस्तो आरोप लगाएको हो ।
नेपालका लागि २० लाख डोज खोप ल्याउने सम्झौता भारतको सिरफ सँग गरेपनि १० लाख भन्दा वढी डोज खोप ल्याउन सकेको छैन । उसले आउने पुस अगाडी खोप दिन नसक्ने गरी हालै मात्र वक्तब्य दिएको रोयटर्सले समाचार पनि छापेको थियो ।
यस्तो बेला खोपको अन्यौलता बढीरहेका बेला विपक्षी माओवादीले सरकारको चाहना खोप ल्याउनेतिर प्रभावकारी रुपमा देखिन नसकेको बताएको हो ।
स्थायी समिति बैठक अगाडी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्वास्थ्य विभागका नेताहरुसँग पनि झण्डै दुई घण्टा छलफल गरेका थिए । स्वास्थ्य विभागका नेताहरु कल्पना धमला, शषि श्रेष्ठ लगायतका नेतासँग प्रचण्डले पार्टी कार्यालयमै छलफल गरेका थिए ।
स्थायी समितिका अर्का सदस्य गणेश साहले कोभिडमा केन्द्रीत रहेर छलफल भएको र बैठक फेरि भोलि पनि बस्ने बताए । ‘हामी कोभिड नियन्त्रणमा पार्टी नेता कार्यकर्ता कसरी परिचालन हुने, सरकारको भूमिका कस्तो देखियो भन्नेमा केन्द्रीत रहेर छलफलमा छौं, भोलि विहान पून बैठक बस्छौं,’ नेता साहले मेरोन्यूजसँग भने,-‘नेता नारायणकाजी श्रेष्ठ लगायत नेता आज नहुनु भएकोले उहाँ भोलि सम्म आउने भएकोले वैठक भोलि विहान ११ बजे पून बस्नेछ ।’
कोभिडका विरुद्ध पार्टी केन्द्र, प्रदेश र स्थानिय तह सम्पूर्ण रुपमा परिचालन हुनुपर्ने भन्दै त्यसका लागि जुटन पनि अपिल माओवादलिे पार्टी पङक्तिलाई गरेको छ ।
माओवादीले कोभिडसग लडन् सवै राजनीतिक शक्तिहरु रहेको सर्वदलीय संन्यत्र बनाउन माग गदै आएको छ । तर सरकारले यसमा कुनै चासो नदेखाएको पनि माओवादीको भनाई छ ।
०००
















अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया