माओवादी स्थायी समिति बैठक
भारत रिसाउँला भनेर सरकारले चीनबाट भ्याक्सिन ल्याउन चाहेन : माओवादी

काठमाडौं । माओवादी केन्द्रले भारत रिसाउँला भनेर सरकारले चिनले कोभिड विरुद्धको भ्याक्सिन खोप र औषधी दिन चाहे पनि ल्याउन पहल नगरेको निश्कर्ष निकालेको छ । सरकार पछिल्ला दिनमा देखावटी रुपमा ‘राष्टवादी’ तर भित्री ब्यवहारमा ‘आत्मसमपर्णबादी’ देखिएको र भारतसँगको परामर्श विना नेपालमा कोभिडको भ्याक्सिन र औषधी समेत सरकारले ल्याउन नचाहेर कोभिडमा खेलाँची गरिरहेको आरोप माओवादी केन्द्र्को छ ।
सरकारले जनताको जनजीविका र स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम नगरी खेलाची गरिरहेको माओवादी बैठकमा छलफल भएको छ ।
माओवादी केन्द्रको आज पार्टी कार्यलय पेरिसडाडामा बसेको स्थायी समितिको बैठक यसै विषयमा केन्द्रीत रहेर छलफल भएको एक स्थायी समिति सदस्यले मेरो न्यूजलाई बताए । बैठक भोलि पनि पूनः ११ वजे पेरिसडाडामै बस्नेछ ।
चीनले नेपाललाई आवश्यक पर्दा भ्याक्सिन लगायतका सामाग्री उपलब्ध गराउने बताईरहेको छ । तर सरकारले त्यसका लागि औपचाकिर पहल लिन नसकिरहेका बेला माओवादी केन्द्रले त्यस्तो आरोप लगाएको हो ।
नेपालका लागि २० लाख डोज खोप ल्याउने सम्झौता भारतको सिरफ सँग गरेपनि १० लाख भन्दा वढी डोज खोप ल्याउन सकेको छैन । उसले आउने पुस अगाडी खोप दिन नसक्ने गरी हालै मात्र वक्तब्य दिएको रोयटर्सले समाचार पनि छापेको थियो ।
यस्तो बेला खोपको अन्यौलता बढीरहेका बेला विपक्षी माओवादीले सरकारको चाहना खोप ल्याउनेतिर प्रभावकारी रुपमा देखिन नसकेको बताएको हो ।
स्थायी समिति बैठक अगाडी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्वास्थ्य विभागका नेताहरुसँग पनि झण्डै दुई घण्टा छलफल गरेका थिए । स्वास्थ्य विभागका नेताहरु कल्पना धमला, शषि श्रेष्ठ लगायतका नेतासँग प्रचण्डले पार्टी कार्यालयमै छलफल गरेका थिए ।
स्थायी समितिका अर्का सदस्य गणेश साहले कोभिडमा केन्द्रीत रहेर छलफल भएको र बैठक फेरि भोलि पनि बस्ने बताए । ‘हामी कोभिड नियन्त्रणमा पार्टी नेता कार्यकर्ता कसरी परिचालन हुने, सरकारको भूमिका कस्तो देखियो भन्नेमा केन्द्रीत रहेर छलफलमा छौं, भोलि विहान पून बैठक बस्छौं,’ नेता साहले मेरोन्यूजसँग भने,-‘नेता नारायणकाजी श्रेष्ठ लगायत नेता आज नहुनु भएकोले उहाँ भोलि सम्म आउने भएकोले वैठक भोलि विहान ११ बजे पून बस्नेछ ।’
कोभिडका विरुद्ध पार्टी केन्द्र, प्रदेश र स्थानिय तह सम्पूर्ण रुपमा परिचालन हुनुपर्ने भन्दै त्यसका लागि जुटन पनि अपिल माओवादलिे पार्टी पङक्तिलाई गरेको छ ।
माओवादीले कोभिडसग लडन् सवै राजनीतिक शक्तिहरु रहेको सर्वदलीय संन्यत्र बनाउन माग गदै आएको छ । तर सरकारले यसमा कुनै चासो नदेखाएको पनि माओवादीको भनाई छ ।
०००











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया