राष्ट्रियसभा उपनिर्वाचन : पार्टी निर्देशनविपरित अन्तर्घात गर्नेलाई कारबाही गर्ने एमालेकाे चेतावनी

काठमाडाैं । नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न आज अपिल गर्दै निर्दलीय स्वतन्त्र उम्मेद्वारलाई मतदान नगर्न आह्वान गरेका छन् । वाग्मती प्रदेशमा उपनिर्वाचन बिहीबार हुँदैछ ।
सूर्य चिन्हका उम्मेदवारलाई विजयी गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै उनले पार्टीको निर्देशनविपरीत घातअन्तर्घात नगर्न आफ्ना जनप्रतिनिधिलाई चेतावनी दिए । ‘‘निर्दलीय उम्मेदवारका पक्षमा मतदान गर्नु राजनीतिक हिसाबले गम्भीर अपराध हुने छ ।’’ अपिलमा भनिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई समर्थन गरेको उल्लेख गर्दै उनले अन्य दललाई पनि थापाका पक्षमा साथ दिन आग्रह गरेका छन् ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया