राष्ट्रियसभा उपनिर्वाचन : पार्टी निर्देशनविपरित अन्तर्घात गर्नेलाई कारबाही गर्ने एमालेकाे चेतावनी

काठमाडाैं । नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न आज अपिल गर्दै निर्दलीय स्वतन्त्र उम्मेद्वारलाई मतदान नगर्न आह्वान गरेका छन् । वाग्मती प्रदेशमा उपनिर्वाचन बिहीबार हुँदैछ ।
सूर्य चिन्हका उम्मेदवारलाई विजयी गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै उनले पार्टीको निर्देशनविपरीत घातअन्तर्घात नगर्न आफ्ना जनप्रतिनिधिलाई चेतावनी दिए । ‘‘निर्दलीय उम्मेदवारका पक्षमा मतदान गर्नु राजनीतिक हिसाबले गम्भीर अपराध हुने छ ।’’ अपिलमा भनिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई समर्थन गरेको उल्लेख गर्दै उनले अन्य दललाई पनि थापाका पक्षमा साथ दिन आग्रह गरेका छन् ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया