बजेट अधिवेशन बाेलाउन कांग्रेसकाे माग

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान र विधिसम्मत संसद्को बजेट अधिवेशन बोलाउन माग गरेको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिकाे बुधबार बसेकाे बैठकले कोभिड–१९को उपचारसँग सम्बन्धित उपकरण, स्वास्थ्य सामग्री, औषधि र भ्याक्सिन खरिदमा भएको अनियमिततामा सम्लग्नहरूलाई कारबाही गर्न पनि माग गरेको छ ।
‘सरकारले कोभिड नियन्त्रण र उपचारसँग सम्बन्धित उपकरण सरसामग्री औषधि खरिदमा अनियमितता भएका समाचार सार्वजनिक भइरहेका छन् । यस्तो मानवीय संवेदनासँग जोडिएका विषयमा अनियमितता गर्नेहरूलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ,’ प्रमुख सचेतक बालकृष्ण खाणले भने ।
सम्पूर्ण राज्यको शक्ति नागरिकको जीवन रक्षमा केन्द्रित गर्न कांग्रेसले माग गरेको छ । सातै वटै प्रदेशमा व्यवस्थित उपचारका लागि भेन्टिलेटर आइसीयू थप गर्न र स्वास्थ्य सामग्री र भ्याक्सिन अविलम्ब ल्याउन माग गरेको छ ।
सबै नागरिकको जीवन रक्षाका लागि भ्याक्सिन दिने प्रबन्ध मिलाउन पनि बैठकले माग गरेको छ । बैठकले महामारी नियन्त्रणमा सहयोग पुर्याउने विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय र मुलुकहरूलाई धन्यवाद दिँदै नेपालको नागरिकको सुरक्षाका लागि अझ सहयोग गर्न आग्रह गरेको छ ।
















अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया