एमालेका प्रभावशाली नेता यादवको कोरोना संक्रमणबाट निधन

जनकपुर । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रणबाट विहीवार विहान मृत्यु भएको छ ।
काठमाडौंको मेडिसिटी अस्पतालमा गत दुई सातादेखि उपचारार्थ भर्ना भएका यादवको आज विहान मृत्यु भएको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।
५४ वर्षिय यादव पूर्वी धनुषाको सवैला गाउँका स्थायीवासी हुन् । बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका यादव २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसकी वरीष्ट नेता लीला कोइरालालाई पराजित गरी पहिलो पटक सांसद निर्वाचित भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिएका यादव डायभिडिजका दीर्घरोगी थिए भने एक वर्षदेखि मृगौला रोगबाट समेत ग्रसित थिए । उनको नियमित डायलासिस हुँदै आएको थियो । दुई महिना पूर्व उनको हृदयको पाईपास सर्जरी गरिएको थियो ।
मृगौला प्रत्यारोपणको अन्तिम तयारीमा रहेको बेला उनलाई कोरोना संक्रमण भएको थियो । उपचारार्थ मेडिसिटीमा भर्ना भएका यादव गत चार दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।
पूर्वी धनुषामा अत्यन्तै लोकप्रिय मानिएका यादव तथा माओवादी केन्द्रका नेता पूर्वमन्त्री मातृकाप्रसाद यादव बीच तिव्र राजनीतिक प्रतिष्पर्धा थियो ।









पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया