प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी समिति बैठक लगत्तै मन्त्रिपरिषद् बैठक
दिउँसो २ बजे एमाले स्थायी समिति बैठक र त्यसलगत्तै साढे २ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो २ बजेर ३० मिनेटमा उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठक अगाडी ओलीले पार्टीको स्थायी समिति बैठक पनि बोलाएका छन् ।
स्थायी समिति बैठकमा राष्टिय सभा चुनावमा माधव नेपाल पक्षले पार्टी उम्मेदवार रामवहादुर थापा माथी सहयोग भए नभएको विषयमा समिक्षा गर्ने सम्भावना रहेको छ । बैठकका एजेण्डा बताईएको छैन ।
नेपाल पक्षले पार्टी २०७५ जेठ २ मा फर्किनु पर्ने बताईरहेको र त्यसका लागि दुवै पक्षका ५/५ जना नेता रहेको कार्यदल बनाएपनि कार्यदलले खास काम अगाडी बढाएको छैन । यस सम्वन्धमा छलफल हुन सक्ने छ ।
त्यसै गरी प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने विषय वजेट अगाडी गर्ने वा पछाडी भन्ने विषयमा पनि एमाले स्थायी समितिमा छलफल हुनेछ । त्यही आधारमा मनित्रपरिषद्को बैठकमा पनि छलफल हुने बताईएको छ ।
स्थायी समिति बैठक पछि बस्ने मनित्रपरिषद्को बैठकले संसदको अधिवेशन आह्रवान गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । तर त्यस्तो अधिवेशन आह्रवान विश्वासको मत लिनका लागि विशेष अधिवेशनका रुपमा बोलाउने या नियमित वजेट अधिवेशन बोलाउने भन्ने विषयमा भने एमाले स्थायी समिति बैठक पछि टुग्गो लाग्न सक्ने ति मन्त्रीले बताए ।
















अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया