सोमबार, वैशाख १४, २०८३

कोभिड उपचारमा आयुर्वेदिक औषधिको भ्रामक प्रचार र दाबी नर्गन आयुर्वेद काउन्सिलको आग्रह

मेरोन्यूज २०७८ जेठ ६ गते १४:३८

Advertisement
NiccNicc

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद (काउन्सिल) नेपालले कोभिड १९ उपचारमा आयुर्वेदिक औषधिहरुको भ्रामक प्रचार र दाबी नगर्न आग्रह गरेको छ।

परिषदले एक सूचना जारी गरी कोभिड १९ को उपचारमा अनावश्यक दाबी गर्ने गरेको र आयुर्वेदीय औषधिहरुको भ्रामक प्रचार गरिएको पाइएकाले यस किसिमको अवाञ्छित गतिविधिहरु नगरिदिन आग्रह गरेको हो।

परिषदमा दर्ता नभएका अनधिकृत व्यक्तिहरुबाट आयुर्वेद तथा जडिबुटी विज्ञको रुपमा विभिन्न सामाजिक सञ्जालबाट अन्तर्वार्ता एवं प्रचार प्रसार गर्ने गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया