त्रिशूली अस्पताललाई आइसियु थप्न स्थानीय तहको दश लाख सहयोग

त्रिशुली । नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शय्या थप गर्न स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।
कोरोना संक्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । त्रिशूली अस्पतालमा हाल छ शय्याको आइसियु, चार एचडियु र ६ वटा भेन्टिलेटर सञ्चालनमा छ ।
नुवाकोट सहित रसुवा र धादिङका बिरामीलाई सेवा दिदै आएको त्रिशूली अस्पतालमा हाल कोरोना संक्रमित बिरामीको चाप बढेसगैँ दश शय्याको आइसियु थप्नको लागि प्रक्रिया अघि बढाइएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए ।
यस क्षेत्रका स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश तथा सङ्घीय सांसद्मार्फत आर्थिक श्रोत जुटाउन पहल थालिएकोमा किस्पाङ गाउँपालिकाको तर्फबाट गरिएको यो पहिलो सहयोग हो ।रासस
















शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया