राष्ट्रिय सभा चुनाव मत परिणाम
जिते गठबन्धनका खिमलाल, बादलमाथि एमालेकै माधव नेपाल समूहको अन्तर्घात

काठमाडौैं । राष्ट्रिय सभाको वाग्मती प्रदेशतर्फको रिक्त एक पदमा भएको उपचुनावमा विपक्षी गठबन्धनका उम्मेदवार डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले) उम्मेद्वार रामबहादुर थापा (बादल)लाई पराजित गरे ।
देवकोटाले कुल ५०८८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी बादलले ४०१४ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेद्वार नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मत प्राप्त गरेका थिए ।
स्थानीय तहतर्फ २ सय ३३ मत खसेको थियो । जसमा डा देवकोटाले १ सय २८ मत पाएका छन् भने बादलले १ सय ३ मत पाए । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत पाएका छन् । यस्तै प्रदेश सभाका १ सय ५ सदस्यले मतदान गरेका छन् । जसमा डा देवकोटाले मत ५८ पाएका छन् भने बादलले ४५ मत पाए । नेमकिपाका उम्मेदवार तामाङले मत २ पाएका छन् ।
यो निर्वाचनमा एमाले बलियाे रहेपनि एमालेकै माधव नेपाल समूहले अन्तर्घात गरेपछि बादल निर्वाचनमा पराजित भएका हुन् ।

















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया