महालक्ष्मी विकास बैंकको एप प्रयोग गर्दा १ सय रुपैयाँ पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंकले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’”योजना आज शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । विकास बैंकको २७ औं वार्षिकोत्सव स्किम मार्फत बैंकको एप प्रयोग गरे १ सय रुपैयाँ उपलब्ध गराउने अवसर दिएको हो ।
वार्षिक उत्सवको अवसरमा नयाँ योजनाले ग्राहकलाई सेवा उपलब्ध हुने बैंकको दाबी छ । बैंकले कोभिड–१९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले योजना सञ्चालनमा ल्याएको बैंकको वेभसाईड https://www.mahalaxmibank.com मा उल्लेख छ ।
योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरुले जेठ ७ गते आज शुक्रबार देखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १ सय रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, क्युआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न हौंसाएको छ ।

















बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम
कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु
ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह
रविकाे दाबी : सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हुन्
मकवानपुरको वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
प्रतिक्रिया