सोमबार, वैशाख १४, २०८३

कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु

मेरोन्यूज २०८२ फागुन १५ गते १६:३७

Advertisement
NiccNicc

उत्तरी कजाकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली ग्यास विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको स्थानीय मिडियाले शुक्रबार जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार क्याफेमा ग्याँस–हावाको मिश्रणले आगो लगाएको अनुमान गरिएको छ, जसले गर्दा रातको बिचमा विस्फोट भएको थियो । अकमोला क्षेत्रको बुराबे जिल्लाको आवासीय भवनमा जोडिएको एक तले क्याफेमा आगलागी भए पछि उक्त विस्फोट भएको जनाइएको छ ।

हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आईसकेको क्षेत्रीय आपतकालीन विभागले जनाएको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार आगलागीका कारण पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते मध्ये १३ जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । धेरैजसो पीडितहरू गम्भीर रुपमा जलेको जनाइएको छ ।

विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्

प्रतिक्रिया