आइतबार, वैशाख १३, २०८३

रविकाे दाबी : सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हुन्

मेरोन्यूज २०८२ फागुन १५ गते १६:१०

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको आरोप लगाएका छन्।

Advertisement
NiccNicc

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले जेनजी आन्दोलनमा बालबालिकालाई गोली हानिएपछि सिंहदरबार जलेको बताएका छन्।

‘हामीसम्बद्ध कतिपय मानिसहरूलाई देश जलाउने भनेर आरोप पनि लगाइएको छ । म भन्न चाहन्छु हो– पहिले आन्दोलनमा आएकाहरूलाई ताकीताकी गोली हानियो । अनि मात्रै संरचनामा आगो लगाइएको हो’, उनले भने, ‘जल्नुहुँदैन थियो । गलत भयो । तर गोली ठोक्नु हुँदैन थियो । मान्छे मार्नु हुँदैन थियो । त्यहीँबाट बिग्रिएको हो ।’

सिंहदरबारलाई भ्रष्ट्राचारको अखडा बनाउनेले नै सिंहदरबार जलाएको र बालबालिकालाई गोली ठोकेको उनले दाबी गरे । ‘आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो,’ उनले भने।

सिंहदरबार चलाउने र बालबालिकालाई गोली हान्ने एउटै समूह भएको उनको दाबी छ । ‘सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, एउटै जात छ उनीहरूको। अरु कोही पनि होइन,’ लामिछानेले भने।

प्रतिक्रिया