सत्ता होइन, जनताको पक्षमा केन्द्रीत छौँ : राजेन्द्र महतो
मेरोन्यूज
२०७८ जेठ ७ गते १२:५०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता राजेन्द्र महतोले आफूहरु सत्ताभन्दा पनि देश र जनताको पक्षमा केन्द्रीत रहेको बताएका छन् । सिंहदरबारमा जसपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पत्रकारहरूको प्रश्नमा उनले आफूहरू कुर्सीको लडाइँमा नलाग्ने बताउँदै जनताको पक्षमा केन्द्रीय भएको बताएका हुन् । उनले प्रधानमन्त्री केपी ओली वा विपक्षी गठबन्धन कसको पक्षमा लाग्ने भन्नेबारे प्रस्ट जवाफ दिएनन् ।
यस्तै, पत्रकारहरूले तपाईँलाई प्रधानमन्त्री बन्न खोज्दै हुनुहुन्छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘यो कुरामा कुनै सत्यता छैन, हाम्रो माग सत्ताका लागि होइन जनताको पक्षमा हो, ७–७ पटक संविधान बनाउँदा पनि जनतको माग सम्बोधन हुन सकेको छैन, यो कस्तो संविधान हो ?’
सम्बन्धित









दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
बुधबार घट्याे सेयर बजार
शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया