बुधबार, फागुन २०, २०८२

सत्ता होइन, जनताको पक्षमा केन्द्रीत छौँ : राजेन्द्र महतो

मेरोन्यूज २०७८ जेठ ७ गते १२:५०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता राजेन्द्र महतोले आफूहरु सत्ताभन्दा पनि देश र जनताको पक्षमा केन्द्रीत रहेको बताएका छन् । सिंहदरबारमा जसपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

पत्रकारहरूको प्रश्नमा उनले आफूहरू कुर्सीको लडाइँमा नलाग्ने बताउँदै जनताको पक्षमा केन्द्रीय भएको बताएका हुन् । उनले प्रधानमन्त्री केपी ओली वा विपक्षी गठबन्धन कसको पक्षमा लाग्ने भन्नेबारे प्रस्ट जवाफ दिएनन् ।

यस्तै, पत्रकारहरूले तपाईँलाई प्रधानमन्त्री बन्न खोज्दै हुनुहुन्छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘यो कुरामा कुनै सत्यता छैन, हाम्रो माग सत्ताका लागि होइन जनताको पक्षमा हो, ७–७ पटक संविधान बनाउँदा पनि जनतको माग सम्बोधन हुन सकेको छैन, यो कस्तो संविधान हो ?’

प्रतिक्रिया