नयाँ सरकार गठन गर्न २१ घण्टा समय दिएकोमा ध्यानाकर्षण

काठमाडौँ । योङ्ग कम्युनिस्ट लीग नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाभित्र दलहरूलाई नयाँ सरकार गठनका निम्ति आव्हान गर्दै बिहीबार बेलुका जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । राष्ट्रपति भण्डारीद्वारा जारी उक्त आव्हान मन्त्रिपरिषद गठनसम्बन्धी नेपालको संविधानको धारा (७६) को प्रावधानविपरीतको असंवैधानिक कदम रहेको ठहर गर्दै उक्त संगठन त्यस्तो आव्हानप्रति खेद व्यक्त गरेको छ ।
नेपालको संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार एक महिनाभित्र विश्वासको मत लिन नसकेको वा प्रधानमन्त्रीले राजीनामा दिएको परिस्थितिमा मात्र धारा ७६ (५) अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनका निम्ति आव्हान गर्नसक्ने स्पष्ट व्यवस्था भएको भन्दै योङ्ग कम्युनिस्ट लीग नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(४) अनुसार विश्वासको मत नलिई वा पदबाट राजीनामा नदिई धारा ७६(५) अनुसार सरकार गठनको सिफारिस गर्नु संविधान र लोकतन्त्रको हत्या गर्ने मनसाय भएको बताएको छ ।
अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिद्वारा जारी आव्हान फिर्ता गर्दै संवैधानिक व्यवस्थाको सम्मान गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत लिन वा राजीनामा दिएर नयाँ सरकारको मार्गप्रशस्त गर्न माग गरिएको छ । यस्तै, राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संयुक्त संघर्षका निम्ति तयारी हुन अपील गरिएको छ ।

















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया