आइतबार, चैत ८, २०८२

मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ : प्रधानमन्त्री ओली

मेरोन्यूज २०७८ जेठ ७ गते १३:५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दल मिलेर राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन् । शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आग्रह गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री ओलीले आफूले देशलाई चुनाव लैजान नचाहेको बताउँदै आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउने वा प्रमुख प्रतिपक्षी दलहरू मिलेर वैकल्पिक सरकार बनाउन आग्रह गरेका हुन् ।

‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु, तपाईहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ,’ उनले भने, ‘आज बिहान मैले नेपाली कांग्रेसका सभापति शेरबरहादुर देउवालाई फोन गरेर भनेँ– तपाईहरू सरकार बनाउनुहोस्, होइन भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रियस सरकार बनाउँ न त !’

ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने बताए । उनले आफूलाई सहयोग नगरे पुनः संसद विघटन हुने संकेत गर्दैै यस्तो बताएका हुन् ।

प्रतिक्रिया