प्रधानमन्त्री ओलीले भने : पुनः संसद विघटन भए दोष नदिनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटन भए कसैले आफूलाई दोष नदिन बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई प्रधानमन्त्रीमा समर्थन नगरे संसद विघटनको दोष दिन नपाउने बताएका हुन् ।
‘सैद्धान्तिक रुपमा मसँग १२१ सांसद छन्, यसले बहुमतको सरकार बनाउन पुग्दैन्, त्यसमाथि मेरै दलका २७ जना सांसदहरूले पार्टीको टाउकोमा बञ्चरो प्रहार गर्न सक्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो अवस्थामा पुनः संसद विघटन हुन सक्छ, त्यसैले मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सहयोग गर्नुस् ।’
ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने बताए । उनले आफूलाई सहयोग नगरे पुनः संसद विघटन हुने संकेत गर्दैै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सबै दल मिलेर राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन् । सम्मेलनमा बोल्दै उनले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले देशलाई चुनाव लैजान नचाहेको बताउँदै आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउने आग्रह गरेका हुन् । यसबाहेक उनले प्रमुख प्रतिपक्षी दलहरू मिलेर वैकल्पिक सरकार बनाए रचनात्मक भूमिका खेल्नेसमेत बताएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । यसको तीव्र विरोधका बीच सर्वोच्च अदालतले गत फागुन ११ गते संसद पुनर्स्थापन गरेको थियो ।
















Thailand votes in early election with 3 main parties vying for power
हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा
सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
प्रतिक्रिया