ओछयानमा सुतेकै अवस्थामा दाउ प्रहार गरेर हत्या, एक पक्राउ

मोरङ । जिल्लाको सुन्दरहरैचा नगरपालिका–३ लोचनीमा एक पुरुषको अर्ध नग्न शव रगताम्मे अवस्थामा भेटिएको छ ।
४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियार दाउले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रोमा एक्लै बस्दै आएका ऋषिदेवलाई अर्ध नग्न शब रगताम्मे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मान बहादुर राईले जानकारी दिएका छन् ।
सोही ठाउँ बस्ने २३ वर्षीय पुजन राईले निदाएका बेला दाउले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनलाई प्रहरीले शुक्रबार विहान ८ बजे उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रवक्ता राईका अनुसार ज्यालमजदुरी गरेर जीविका चलाउँदै आएका विष्णुकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेका थिए । उनि दैनिक बिहानै उठेर काममा जाने गरेका थिए।
ढिलासम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै ओछयानमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेको थिए।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
प्रतिक्रिया