शितल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली
के प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सरकारको दावी गरेका हुन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शितल निवासबाट बाहिरिएका छन् । उनी विपक्षी दलका नेताहरू जानुभन्दा १० मिनेट अगाडि शितल निवास पुगेको स्रोतले जनाएको छ ।
आजै प्रधानमन्त्री अोलीले सम्पादकहरूको सम्मेलनमा बेलुकासम्म आफूले पनि प्रधानमन्त्रीमा दाबी गर्न सक्ने र त्यसको कोशिस गरिरहेको बताएका थिए । त्यही आधारमा उनले एमाले र जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको सांसदको साथ लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी अहिले प्रस्तुत गरेको बालुवाटार स्रोतले जनाएको छ ।
एमालेभित्रै नेता माधवकुमार नेपाल समूहका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउन आफूहरूले हस्ताक्षर नगरेको बताइरहँदा ओली राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।
विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्रीमा दाबी गर्ने र ओलीले आफू नै प्रधानमन्त्रीमा दाबी गरेपछि अब राष्ट्रपतिले के गर्छिन ? यो अर्थपूर्ण रहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षरसहित नयाँ सरकार बनाउने शितल निवासमा छन् ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया