शितल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली
के प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सरकारको दावी गरेका हुन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शितल निवासबाट बाहिरिएका छन् । उनी विपक्षी दलका नेताहरू जानुभन्दा १० मिनेट अगाडि शितल निवास पुगेको स्रोतले जनाएको छ ।
आजै प्रधानमन्त्री अोलीले सम्पादकहरूको सम्मेलनमा बेलुकासम्म आफूले पनि प्रधानमन्त्रीमा दाबी गर्न सक्ने र त्यसको कोशिस गरिरहेको बताएका थिए । त्यही आधारमा उनले एमाले र जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको सांसदको साथ लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी अहिले प्रस्तुत गरेको बालुवाटार स्रोतले जनाएको छ ।
एमालेभित्रै नेता माधवकुमार नेपाल समूहका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउन आफूहरूले हस्ताक्षर नगरेको बताइरहँदा ओली राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।
विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्रीमा दाबी गर्ने र ओलीले आफू नै प्रधानमन्त्रीमा दाबी गरेपछि अब राष्ट्रपतिले के गर्छिन ? यो अर्थपूर्ण रहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षरसहित नयाँ सरकार बनाउने शितल निवासमा छन् ।












गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया