संघिय सांसद शाह सवार कार दुर्घटना

नवलपुर । संघिय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेकप्रताप शाह सवार कार दुर्घटना भएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साहसहित तीन जना सामान्य घाइते भएका छन् ।
कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाह काठमाडौँ जाने क्रममा बा१५च ७५२३ नम्बरको कार अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा शाहका स्वकीय सचिव सूर्यप्रताप शाह र चालक महेशकुमार पासवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उनी गृह जिल्लाबाट काठमाडौँ जान लागेका बुझिएको छ ।
दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जानको स्थानीय मेडिकलमा उपचारपश्चात सांसद शाह र उनका स्वकीय सचिव शाह अर्को गाडी खोजेर काठमाडौँ गएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । रासस









जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज विश्व बाल दिवस, आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया