शनिबार, चैत २१, २०८२

प्रहरीद्वारा ३१७ अक्सिजन सिलिन्डर संकलन

मेरोन्यूज २०७८ जेठ ७ गते २०:३८

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट थप ३१७ वटा अक्सिजन सिलिन्डर संकलन गरिएको छ । संकलन गरिएका सहित ३६७ सिलिण्डरमध्ये २८९ सिलिण्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्टलाई उपलब्ध गराइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संकलन गरिएकामध्ये २२९ वटा भरिएका र ८८ खाली सिलिन्डर छन् । साथै ७८ वटा अक्सिजन सिलिन्डरहरु मौज्दात रहेको प्रहरीले जनाएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म ९ हजार ७६४ सिलिन्डर संकलन गरी उपलब्ध गराएको छ ।

प्रतिक्रिया