राष्ट्रपतिको निर्णयपछि सत्तापक्षमा खुसीयाली, विपक्षीमा आक्रोश
माओवादी नेता बर्षमान पुन भन्छन् : मध्यरातमा डकैती गरियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दावी परेका दुवै नेता केपी ओली र शेरवहादुर देउवा दुवैको दावी नपुगेको भन्दै निर्णय लिएपछि सत्तापक्षिय एमालेका नेताहरुले खुसी मनाउन थालेका छन भने विपक्षी गठवन्धनका नेताहरुले आक्रोश पोख्न थालेका छन् । माओवादी केन्द्रका नेता वर्षमान पुनले मध्यरात डकैती गरिएको टिप्पणी गरेका छन् ।
राष्टपतिवाट आएको त्यस्तो निर्णयलाई उनले सामाजिक सन्जालमार्फत मध्यरातको डकैती को संज्ञा दिएका हुन् ।
उनले सामाजिक सन्जालमा लेखेका छन्, – मध्यरातमा डकैती गरियो / ज्ञानेन्द्र शाहले पनि शुक्रबार / मध्यरात नै रोज्ने गर्थे ।
त्यस्तै, नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपतीले संविधान च्यात्ने काम गरेको बताए । उनले भने, – हाम्रो दाबी पुगेको थियो। दाबी पुगेन भन्नु संविधान च्यात्ने काम हो।
यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केहीबेरमा बैठक सुरु हुने जानकारी दिए । तर, बैठकका एजेन्डाबारे आफू जानकार नरहेको मन्त्री ज्ञवालीले बताए ।













गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया