राष्ट्रपतिको निर्णयपछि सत्तापक्षमा खुसीयाली, विपक्षीमा आक्रोश
माओवादी नेता बर्षमान पुन भन्छन् : मध्यरातमा डकैती गरियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दावी परेका दुवै नेता केपी ओली र शेरवहादुर देउवा दुवैको दावी नपुगेको भन्दै निर्णय लिएपछि सत्तापक्षिय एमालेका नेताहरुले खुसी मनाउन थालेका छन भने विपक्षी गठवन्धनका नेताहरुले आक्रोश पोख्न थालेका छन् । माओवादी केन्द्रका नेता वर्षमान पुनले मध्यरात डकैती गरिएको टिप्पणी गरेका छन् ।
राष्टपतिवाट आएको त्यस्तो निर्णयलाई उनले सामाजिक सन्जालमार्फत मध्यरातको डकैती को संज्ञा दिएका हुन् ।
उनले सामाजिक सन्जालमा लेखेका छन्, – मध्यरातमा डकैती गरियो / ज्ञानेन्द्र शाहले पनि शुक्रबार / मध्यरात नै रोज्ने गर्थे ।
त्यस्तै, नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपतीले संविधान च्यात्ने काम गरेको बताए । उनले भने, – हाम्रो दाबी पुगेको थियो। दाबी पुगेन भन्नु संविधान च्यात्ने काम हो।
यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केहीबेरमा बैठक सुरु हुने जानकारी दिए । तर, बैठकका एजेन्डाबारे आफू जानकार नरहेको मन्त्री ज्ञवालीले बताए ।














oday’s weather forecast
अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया