मन्त्रिपरिषद्को निर्णय
प्रतिनिधीसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधी चुनावको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्ततः प्रतिनिधीसभा विघटनको फेरि पनि सिफारिस गरेका छन् । उनको योजना अनुसार नै प्रतिनिधीसभा विघटनको दिशामा गएको हो ।
मध्यरात वालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा चुनाव गराउने गरी प्रतिनिधीसभा भंगको सिफारिस राष्टपतिकाहा गर्ने निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधीसभाबाट संविधानको धारा ७६(३) अनुसार संसदमा प्रतिनिधत्व गर्ने सवैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले संसदमा विश्वासकोम त लिने आधार नदेखिएको भन्दै राष्टपतिलाई संविधानको धारा ७६(५) अनुसार सरकार गठनको वाटो खोल्न मन्त्रिपरिषद्को बैठक राखेर सिफारिस गरेपछि राष्टपतिले शुक्रवार साझ ५ बजेसम्मका लागि प्रधानमन्त्री बन्ने आधारसहित प्रस्तुत हुन प्रतिनिधीसभाका सदस्यहरुलाई २१ घण्टाको समय राखेर आह्रवान गरेकी थिइन् ।
राष्टपतिको आह्रावानका आधारमा ओली स्वंमले एमालेको २१ र जसपाको ३२ गरी १५३ सांसद आफुसँग साथमा रहेको भन्दै प्रधानमन्त्री दावी गर्न पुगेका थिए । विपक्षी गठवन्धनका तर्फबाट कांग्रेसका सभापति शेरवहादुर देउवाले पनि कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेकै माधव नेपाल पक्षलाई साथ लिएर १४९ जनाको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गर्न पुगेका थिए ।
तर दुवैको दावीमा प्रधनमन्त्री बनाउने आधार नदेखिएको ठहर राष्टपतिले मध्यरातमा गरिदिएपछि प्रधानमन्त्री ओलीले राती नै मनित्रपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
प्रधानमन्त्री ओलीले मनित्रपरिषद्को आकस्मिक बैठक अगाडी प्रधानसेनापतिलाई पनि बालुवाटारमा बोलाएर छलफल गरेका थिए । त्यसपछि बसेको मनित्रपरिषदको बैठकले दुई चरणमा चुनाव गर्ने गरी प्रतिनिधीसभा घंगको सिफारिस राष्टपति समक्ष गर्ने निर्णय लिएको एक मन्त्रीले जानकारी दिए ।
प्रतिनिधीसभा भंगको निर्णयपछि अव कात्तिक २६ र मंसिर ३ मा चुनाव गराउने गरी मिति तय गरेर राष्टपति कार्यालयमा पत्र पठाउने निर्णय मनित्रपरिषद्को गरेको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया