मन्त्रिपरिषद्को निर्णय
प्रतिनिधीसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधी चुनावको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्ततः प्रतिनिधीसभा विघटनको फेरि पनि सिफारिस गरेका छन् । उनको योजना अनुसार नै प्रतिनिधीसभा विघटनको दिशामा गएको हो ।
मध्यरात वालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा चुनाव गराउने गरी प्रतिनिधीसभा भंगको सिफारिस राष्टपतिकाहा गर्ने निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधीसभाबाट संविधानको धारा ७६(३) अनुसार संसदमा प्रतिनिधत्व गर्ने सवैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले संसदमा विश्वासकोम त लिने आधार नदेखिएको भन्दै राष्टपतिलाई संविधानको धारा ७६(५) अनुसार सरकार गठनको वाटो खोल्न मन्त्रिपरिषद्को बैठक राखेर सिफारिस गरेपछि राष्टपतिले शुक्रवार साझ ५ बजेसम्मका लागि प्रधानमन्त्री बन्ने आधारसहित प्रस्तुत हुन प्रतिनिधीसभाका सदस्यहरुलाई २१ घण्टाको समय राखेर आह्रवान गरेकी थिइन् ।
राष्टपतिको आह्रावानका आधारमा ओली स्वंमले एमालेको २१ र जसपाको ३२ गरी १५३ सांसद आफुसँग साथमा रहेको भन्दै प्रधानमन्त्री दावी गर्न पुगेका थिए । विपक्षी गठवन्धनका तर्फबाट कांग्रेसका सभापति शेरवहादुर देउवाले पनि कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेकै माधव नेपाल पक्षलाई साथ लिएर १४९ जनाको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गर्न पुगेका थिए ।
तर दुवैको दावीमा प्रधनमन्त्री बनाउने आधार नदेखिएको ठहर राष्टपतिले मध्यरातमा गरिदिएपछि प्रधानमन्त्री ओलीले राती नै मनित्रपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
प्रधानमन्त्री ओलीले मनित्रपरिषद्को आकस्मिक बैठक अगाडी प्रधानसेनापतिलाई पनि बालुवाटारमा बोलाएर छलफल गरेका थिए । त्यसपछि बसेको मनित्रपरिषदको बैठकले दुई चरणमा चुनाव गर्ने गरी प्रतिनिधीसभा घंगको सिफारिस राष्टपति समक्ष गर्ने निर्णय लिएको एक मन्त्रीले जानकारी दिए ।
प्रतिनिधीसभा भंगको निर्णयपछि अव कात्तिक २६ र मंसिर ३ मा चुनाव गराउने गरी मिति तय गरेर राष्टपति कार्यालयमा पत्र पठाउने निर्णय मनित्रपरिषद्को गरेको छ ।











कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया