राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अदालत जानु पर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेका नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सवोच्च अदालतमा जानु पर्ने बताएँका छन् । उनले १४९ सांसदको ७६(५) बमोजिमको प्रधानमन्त्री दाबीलाई संसदमा परीक्षण नै नगरी संविधानको बर्खिलाप गरेको भन्दै सर्वोच्चमा जानु पर्ने बताएका हुन् ।
उनले आफूहरू अदालतमा नगए गत गत फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुने बताएका छन् । ‘१४९ सांसदको ७६(५) बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौँ भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ,’ उनले भने, ‘अतः राजनीतिक लडाइँसँगै हामी १४९ सांसद संवैधानिक हकका लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ ।’
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन गर्न सहज वातावरण बनाएको भन्दै राष्ट्रपति समक्ष मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए । यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न २१ घण्टे अल्टिमेटम दिएकी थिइन ।
शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित वैकल्पिक प्रधानमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई अघि सारेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । त्यसको केही समयअघि प्रधानमन्त्री आफैले आफ्नो पक्षमा बहुमत नभएको सम्पादकहरूको भेलामा बताएका थिए ।
तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै मध्य राति संसद विघटन गरी कात्तिक अन्तिम साता र मंसिर पहिलो साता चुनावको मिति घोषणा गरेकी छन् । यसअघि गत पुष ५ गते संसद विघटन गरिएको थियो । यसलाई सर्वोच्च अदालतले फागुन ११ गतेको फैसलाबाट त्यसलाई उल्टाइदिएको थियो ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया