राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकार पक्षसँग मिलेर संयुक्त संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटन र कोरोना कहरमा गरिएको चुनाव घोषणा असंवैधानिक र निरंकुश भएको बैठकले ठहर गरेको जानकारी दिए ।
उनले गत पुस ५ गतेजस्तै प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गरेको र नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै पनि राष्ट्रपतिले त्यसलाई ध्यान दिन नसकेको आरोप लगाउँदै त्यसविरुद्ध अग्रगमनका पक्षधरसँग एकताबद्ध भई राजनीतिक र कानूनी संघर्ष अगाडि बढाउने निर्णय गरिएको बताए ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया