गैँडा तस्करीमा फरार प्रजा पक्राउ

चितवन । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ हाल कालिका नगरपालिका बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।
उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो ।
उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।रासस
















ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया