हत्याको अभियाेगमा ओलम्पियन सुशील कुमार पक्राउ

काठमाडौं । कुस्तीवाज सागर धनकरको हत्या गरेको अभियोगमा ओलम्पियन कुस्तिवाज सुशील कुमार सहित २ जना पक्राउ परेका छन् ।
जालान्धरको नजिकबाट ओलम्पिकमा दुई पटकको पदक विजेत भारतीय कुस्तिवाज सुशील कुमार र अर्का आरोपी अजय कुमारलाई पनि पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
दिल्ली सेसन्स कोर्टले ओलम्पिकमा दुई पदक हात पारेका भारतीय कुस्ती खेलाडी सुशील कुमारको ‘एन्टिसिपरी बेल’ को निवेदन खारेज गरिदिएको थियो। २३ वर्षे अर्का कुस्ती खेलाडीको हत्याको आरोप लागेका उनलाई अदालतले पक्राउ हुनुपूर्व अग्रिम जमानत दिन अस्वीकार गरेको थियो ।
कुमारले भने आफूमाथि लागेको आरोप ‘निराधार, मिथ्या र निरर्थक’ भएको बताएका छन्। अदालतले उनीमाथि लागेको आरोप गम्भीर भएको र प्रमाणहरु पनि बलिया भएकाले जमानत दिन अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सोमवार सुशील कुमार फरार भएको भन्दै दिल्ली पुलिसले उनीमाथि १ लाखको पुरस्कारसमेत राखेको थियो । दिल्ली पुलिसले माडल टाउनस्थित छत्रसाल स्टेडियममा पहलवान सागर धनगढको हत्या प्रकरणका मुख्य आरोपी सुशील कुमारमाथि सोमवार १ लाख पुरस्कार राखेको थियो। त्यस्तै उनका सहयोगी अजयमाथि ५० हजारको पुरस्कार राखिएको थियो। यो प्रकरणमा सुशीलसहित ९ जना फरार भएको बताइएको छ ।
रेस्लिङ च्याम्पियनको हत्या
दुई हप्ता अगाडि जुनियर नेसनल रेस्लिङ च्याम्पियन सागर रानाको हत्या भएको थियो। मे ४ मा केही घाइते रेस्लरहरु अस्पताल भर्ना भएका थिए जसमा १ जनाको निधन भएको थियो। र, यो प्रकरण सतहमा आएको थियो । मे ५ मा सुशीलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफू र आफ्नो रेस्लरहरु त्यसमा सहभागी नभएको दाबी गरेका थिए ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया