निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न पुगेका जीवन राई भन्छन् :
माधव नेपालसँग सल्लाह गरेर हामी पार्टी दर्ता गर्न गएका होइनौं

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले अव यही अवस्थामा प्रधानमन्त्री एवंम अध्यक्ष केपी ओलीसँग मिलेर एउटै पार्टीमा रहने सम्भावना करिव अन्त्यतिर जान थालेको बताउन थालिरहेका बेला नेपाल पक्षिय युवा विद्यार्थी नेता रहेका जीवन राईले निर्वाचन आयोगमा नयाँ कम्युनिष्ट पार्टी दर्ता गरेको खवर एकाएक सार्वजनिक भयो ।
खवर त्यक्तिमा मात्र सिमित रहेन्, नेपाल पक्षकै प्रस्तावमा राष्ट्रिय सभाको चुनावमा वाग्मति तर्फबाट उम्मेदवार बनेर विजयी बनेका डा खिमलाल देवकोटाले माग गरेर लिएको कलम चिन्हलाई राईले दल दर्ता गर्दा आफनो पार्टीलाई चुनाव चिन्ह उपलब्ध गराउन आयोगसँग माग पनि गरेका छन् । राई अझ भोजपुरका पूर्व अखिल नेता राजेन्द्र राईसँग पनि असाध्यै नजिकको हिमचिम भएका ब्यक्ति हुन् । राजेन्द्र पनि नेपाल सँग नजिक छन् । यसले के एमालेकै बरिष्ठ नेता माधव नेपाल पक्षकै योजनामा राईले आयोगमा पार्टी दर्ता गर्न पुगेका हुन् ? प्रश्न अनेक छन् । तर उनले त्यसलाई अहिले ठाडै इन्कार गरेका छन् ।
राईसँगको छोटो कुराकानी :-
० निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न पुग्नुभएको रहेछ, कहिले जानुभयो ?
पार्टी दर्ताका लागि हामीले बैशाख ७ गते निवेदन हालेका हौं, निर्वाचन आयोगमा । दर्ताको अहिले प्रक्रियामा छ । प्रमाणपत्र दिईसकेको छैन, आयोगले । पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन गर्नुपर्नेले ४५ दिन सम्म लाग्ने र प्रमाणपत्र दिने आयोगले बताएकोले हामी अहिले त्यही प्रमाणपत्र लिने प्रक्रियामा छौं । अबको १०/१२ दिनमा आयोगले दल दर्ता गरेर प्रमाणपत्र देला नी !
तपाईहरुले दर्ता गर्नुभएको यो कस्तो पार्टी हो ?
नेपाल कम्युनिष्ट पार्टी एकीकृत । म (जीवन राई) अध्यक्ष, कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कंबर सचिव, सुशिल खनाल कोषाध्यक्ष रहेका पार्टी हामीले दर्ता गरेका हौं । पार्टी केन्द्रीय समिति २५ जनाको छ । आयोगमा हामी त्यही अनुसार नै दर्तामा गएका हौं । नेपालमा नेपाल कम्युनिष्ट पार्टीप्रतिको आकर्षण जनतामा सवैभन्दा वढी छ । तर पूरानो, अहिले भईरहेको कम्युनिष्ट पार्टीहरुका वीचमा सधै विवाद निम्तिरहेकोले भद्रगोल र अस्तब्यस्तता छ । उनीहरुसँग जनताले आश गरेपनि त्यो निरासामा पुगेर वदलिएको छ । त्यसकारण जनताको कम्युनिष्ट प्रतिको आशावादीता कम्युनिष्ट पार्टीले नै पूरा गर्नुपर्छ भनेर हामी युवाहरु मिलेर एउटा कम्युनिष्ट पार्टीको रुपमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता गराएका हौं । यो एउटा वैकल्पिक पार्टी पनि बन्छ । यसलाई ब्यवस्थित रुपमा चलाउन सक्यौं भने केही गर्न सकिन्छ भनेर हामी युवाहरुले सल्लाह गरेर यो पार्टी बनाएका हौं ।
० यसको नीति, कार्यक्रम, कार्यदिशा ?
हाम्रो पार्टी शान्तिपूर्ण राजनीतिबाट अगाडी जाने र संविधानको अक्षरस पालना गरेर अगाडी बढ्ने कम्युनिष्ट पार्टी हो । कम्युनिष्ट पार्टी भन्ने वित्तिकै मजदुर किसान र सर्वहारा वर्गको प्रतिनिधित्व गरेर अगाडी वढ्ने भन्ने आधारभूत नीति हुन्छ । त्यही नीति कार्यक्रम हाम्रो पनि हुने भईहाल्यो । तर अहिले पार्टीहरु चुनावको नाममा जसरी हिडरहनु भएको छ, यसले कम्युनिष्ट पार्टीको नीति उदेश्य पूरा हुने देखिदैन । त्यसकारण यसलाई विधि विधान र पारदर्शी ढंगले जनताको वीचमा अगाडी बढाउने गरी श्रमजीवि वर्गको साच्चै प्रतिनिधित्व गर्ने गरी अगाडी बढाऔं भन्ने उदेश्यले पार्टी निर्माण गरेर जाऔं भन्ने हामी युवाहरुलाई लाग्यो । सोही आधारमा हामी अगाडी बढेका हौं ।
० तपाई स्वंम पहिला एमालेको विद्यार्थी संगठनको अनुशासन आयोगको सदस्य, विद्यार्थीको उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको ब्यक्ति, एमालेमा पनि माधव नेपाल समुहसग नजिक रहेको ब्यक्ति । एमालेको सक्रिय कार्यकर्ता, त्यो पार्टी छोडेर अहिले यो नयाँ पार्टी किन आवश्यक परयो ?
म पहिला एमाले निकटको विद्यार्थी संगठनमा सक्रियतापूर्वक क्रियाशिल थिए । अखिलबाट म विदा भएपछि कम्युनिष्ट पार्टीको कुनै कमिटिमा रहिन् । कम्युनिष्ट पार्टीमा एकीकरण भएपछि अव यो पार्टीले केही गर्ला भन्ने आशा हामीमा थियो । नेकपाले सवै कम्युनिष्टहरुलाई गोलवद्ध गर्छ, समाजवाद हुँदै साम्यवादमा जाने वाटो खोल्छ भन्ने मलाई पनि लागेको थियो । तर त्यसो नभई फेरि विभाजन भयो । त्यो उदेश्य पूरा भएन, अर्काे कम्युनिष्ट पार्टीले मात्र त्यो जनताको अपेक्षा पूरा गर्न सक्छ भनेर हामी युवाहरु मिलेर केही नयाँ गरौं । समय लाग्ला , केही छैन, अहिले शुरुआत गरौं । पछि विचार मिल्ने, सिद्धान्त मिल्नेहरुसँग एकतावद्ध भएर अगाडी जाने बाटो हुन सक्छ भनेर यो पार्टी गठन गरेका हौं ।
० तपाईहरुले एमालेकै वरिष्ठ नेता माधव नेपालसँग समन्वयको आधारमा भोलि एमालेभित्र बस्नै नसक्ने अवस्था आयो भने अहिलेलाई यो नाममा पार्टी दर्ता गरिहाल्यौं भनेर दर्तामा जानु भएको भन्ने पनि छ नी ? के भन्नुहुन्छ ? परशुराम मेघी गुरु सोमप्रसाद पाण्डेहरुसँग सल्लाहमा दर्ता गरेको भन्ने छ त ?
यसमा कुनै सत्यता छैन । उहाँहरुसँग मेरो ब्यक्तिगत चिनजान एकदमै राम्रो छ । उहाँहरुसँग सम्वन्ध असाध्यै राम्रो पनि छ । तर यो पार्टी खोल्ने विषयमा मेरो उहाँहरुसँग कुनै छलफल, परामर्श केही भएको छैन । माधव नेपालसँग सल्लाह गरेर पार्टी दर्ता गर्न गएको भन्ने होइन । किनभने उहाहरु नेकपा एमालेमा हुनुहुन्छ । फरक पार्टी बनाउन उहाहरुसँग सरसल्लाह गर्ने कुरा भएन ।
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया