ठूलो परिमाणमा हातहतियार फेला, थप हुन सक्ने प्रहरीको आशंका

काठमाडौँ । रोल्पाको एक जंगलबाट प्रहरीले २५ म्याग्जिन र ९ सय ७० राउन्ड गोली बरामद गरेको छ । प्रहरीले थप हातहतियारको सामाग्री फेला पर्न सक्ने आशंका गरेको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका २ रामपुर गाउँ नजिकैको सामुदायिक वनको बाँस घारीमा प्लाष्टिकले बेरेर राखेको अवस्थामा ९ सय ७० राउन्ड गोली फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाले एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान गरी २५ थान म्याग्जिन, एके ४७ मा प्रयोग हुने ७ सय ५२ थान गोली, ७.६२ मिमि हतियारको गोली २ सय ८ थान र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद गरेको हो ।

शनिबार बेलुका बाँसघारीमा बाँसको पातले छोपी लुकाएर राखेको अवस्थामा गोली फेला पारिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेर हेर्दा ठूलो मात्रामा गोली बरामद भएको हो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया