विपक्ष गठबन्धन सोमबार सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधि सभाको विघटनविरुद्ध विपक्ष गठबन्धनले सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् । आइतबार समय अभाव भएकाले सोमबार सर्वोच्च अदालत जाने तयारीमा विपक्ष गठबन्धन रहेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ८ गते मध्यरातमा प्रतिनिधि सभाको विघटन गरेकी थिन् । त्यसपछि विपक्ष गठबन्धनका १ सय ४९ निवर्तमान सांसद हस्ताक्षर र नागरिकतासहित सर्वोच्च अदालतमा रिट दिन जान लागेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्ति गरिमाग्न सर्वोच्च अदालतमा रिटमा दिन लागेका हुन् ।
रिटमा सभापति देउवाले १४९ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । यस्तै, प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको जनाइएको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया