अमेरिकामा एक भिडियो सार्वजनिक : मलाई माफ गर्नुभन्दा समेत प्रहरीले गर्यो हत्या

काठमाडौँ । सन् २०१९ मा अमेरिका भएको एक घटना अहिले विवादमा आएको छ । अमेरिकाको लुइसियाना भन्ने स्थानमा भएको उक्त घटनामा एक काला जातिका व्यक्तिले माफी माग्दै गर्दा प्रहरीले करेन्ट लगाएर मारेको समाचारमा जनाइएको छ ।
सुरूमा ती काला जातिका पुरूष रोनाल्ड ग्रीनको मृत्यु तीव्र गतिमा सवारी कुदाएर दुर्घटना हुँदा भएको प्रहरीले बताउँदै आएको थियो । यसबेला उनको मृत्युबारे एक भिडियो सार्वजनिक भएको छ ।
यस भिडियोमा प्रहरीले रोनाल्डलाई करन्ट लगाउँदै गरेको न्युज एजेन्सी एपीले सार्वजनिक गरेको हो । यस क्रममा रोनाल्ड कराउँदै मलाई माफी दिनु भन्दै रोएको देखिएको छ ।
रोनाल्डको मृत्युबारे प्रहरीको ३ दाबी
पहिलो दाबी : प्रहरीको यो दाबी सन् २०१९ मे १० गतेको रहेको छ । प्रहरीले ४९ वर्षीय रोनाल्ड ग्रीनको कार रोक्ने कोशिश हुँदै गर्दा दुर्घटना भएर मृत्यु भएको हो । उनले सडक नियम उल्लंघन गर्दा रोक्ने क्रममा उनको मृत्यु भएको हो । तर, के नियम उल्लंघन गरेको भन्ने चाहिँ प्रहरीले उल्लेख गरेको छैन ।
दोस्रो दाबी : रोनाल्डलाई जब प्रहरीले पक्राउ गर्यो तब उनले भाग्नका लागि संघर्ष गर्यो । यही क्रममा उनी घाइते भई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तेस्रो दाबी : यस दाबीअनुसार प्रहरीले रोनाल्डलाई पक्राउ गर्न बल प्रयोग गर्नु पर्ने भएको थियो । सोही क्रममा उनको मृत्यु भएको हो । एजेन्सी

















सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया