विपक्ष गठबन्धन आज सर्वोच्च अदालत जाँदै

काठामडौँ । गत शनिबार पुनः प्रतिनिधिसभा विघटन भएसँगै विपक्षी गठबन्धन दलहरू सर्वाेच्च अदालत जाने भएका छन् । विपक्षी गठबन्धनका पार्टीहरू नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)का बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरूको हस्ताक्षर लिएर सर्वोच्च अदालत जाने तयारी भएकाे हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभाको पुर्नःस्थापनाको माग गरी गठबन्धन दलहरू अदालतमा रिट दायर गर्ने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्ने गरेको आह्वानमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धका तर्फबाट कांग्रेस देउवाले दाबी पेश गरेका थिए । तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ८९ को ङ लगायत विभिन्न कारणले दुवै नेताहरूलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न नसकिने जानकारी गराएकी थिइन् ।
राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्न नसकेकाे जानकारी दिएसँगै प्रधानमन्त्रीले रातारात मन्त्रिपरिषदकाे बैठक बाेलाएर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका थिए । साेही आधारमा राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । विपक्ष गठबन्धनले यसको विरोध गर्दै आएका छन् ।








एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल
आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर
प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया