विपक्षी गठबन्धनका नेताहरू सर्वोच्च अदालत गए

काठमाडौँ । विपक्षी गठबन्धनका नेताहरू सर्वोच्च अदालत गएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित पुनः प्रतिनिधि सभाको पुर्नःस्थापनाको माग गर्दै उनीहरू सर्वोच्च अदालत गएका हुन् ।
विपक्षी गठबन्धनका निवर्तमान सांसदहरूले सिंहदरबारमा हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट दायर गर्न गएका हुन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार दोस्रोपटक प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । यसअघि २०७७ पुस ५ गते पनि प्रतिनिधिसभाको विघटन भएको थियो ।
प्रतिनिधिसभाको विघटन भएपछि विपक्षीले दलका नेताहरू विरोध गर्दै आएका छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठनका लागि दिएको समयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका थिए ।
तर, राष्ट्रपतिले कसैलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने आधार नदेखिएको भन्दै जानकारी गराएपछि आकस्मात बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभाको विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले त्यसैदिन प्रतिनिधि सभाको विघटन गरेकी थिइन् ।
विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा देउवालाई बनाउनु पर्ने र पुनः प्रतिनिधिसभा पुनःस्थापना गर्नु पर्ने माग राख्दै आएका छन् ।


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया