विपक्षी गठबन्धनका नेताहरू सर्वोच्च अदालत गए

काठमाडौँ । विपक्षी गठबन्धनका नेताहरू सर्वोच्च अदालत गएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित पुनः प्रतिनिधि सभाको पुर्नःस्थापनाको माग गर्दै उनीहरू सर्वोच्च अदालत गएका हुन् ।
विपक्षी गठबन्धनका निवर्तमान सांसदहरूले सिंहदरबारमा हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट दायर गर्न गएका हुन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार दोस्रोपटक प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । यसअघि २०७७ पुस ५ गते पनि प्रतिनिधिसभाको विघटन भएको थियो ।
प्रतिनिधिसभाको विघटन भएपछि विपक्षीले दलका नेताहरू विरोध गर्दै आएका छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को ५ अनुसार नयाँ सरकार गठनका लागि दिएको समयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका थिए ।
तर, राष्ट्रपतिले कसैलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने आधार नदेखिएको भन्दै जानकारी गराएपछि आकस्मात बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभाको विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले त्यसैदिन प्रतिनिधि सभाको विघटन गरेकी थिइन् ।
विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा देउवालाई बनाउनु पर्ने र पुनः प्रतिनिधिसभा पुनःस्थापना गर्नु पर्ने माग राख्दै आएका छन् ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया