बुझाएनन् ओलीले सोधेको स्पष्टिकरण
माधव नेपालमाथी पूर्व‘माले’ धारका नेताहरुको दवाव
नेपाल भन्छन् : ओलीसँग अव मिल्न सकिन्न्, नेपाल निकट पूर्व माले धारका नेता भन्छन् : विभाजनले कँही पुगिन्न्, सेचियोस् !

काठमाडौं । सत्तासिन पार्टी एमालेभित्रको अन्तरकलह सेलाएको छैन । पार्टी स्थायी समिति बैठकले वरिष्ठ नेता माधव नेपालसहित ४ नेतामाथी ६ महिना पार्टी सदस्य समेत नरहने गरी गरेको निलम्वनको कारवाही फुकुवा भएको दुई साता नपुग्दै फेरि नेपाल सहित ११ नेता थप अर्काे स्पष्टीकरणमा परे ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको विरुद्धमा पार्टीले जुन पार्टीसग प्रतिस्पर्धा गर्नुपर्नेछ, उसै पार्टीका नेता एवं काग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठवन्धनहरुसँग साँठगाँठ गरेर हस्ताक्षर गर्ने, राष्ट्रपति कार्यलयसम्मै पुग्ने काम गरेको भन्दै विघटित प्रतिनिधीसभाका ११ सांसदलाई एमालेले स्पष्टीकरण सोधेको थियो ।
आज (सोमबार) सम्मलाई म्याद दिएर सोधिएको स्पष्टीकरण को जवाफ यसपटक नेपाल समुहका नेताहरुले बुझाएका छैनन । प्रधानमन्त्री ओलीले यस विषयमा थप निर्णय लिन आजै एमालेको स्थायी समिति बैठक बोलाएका छन् । विहान ११ वजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको ब्यस्तताले केही घण्टा पछि सारेर आजै ४ बजे वालुवाटारमा बस्दैछ ।
ओलीले माधव नेपाल सँगको सम्वन्ध पास्ट टेन्स भईसकेको टिप्प्णी गरिरहेका बेला माधव नेपाल समुहका नेताहरु पनि अवको रणनीति के बनाउने भन्नेमा दिनुहँ ‘भर्चुअल’ प्रविधिको माध्यमबाट निरन्तर छलफलमा छन् । आइतबार वेलुकी पनि नेपाल निकटका नेताहरु यस्तै भर्चुअल बैठकमा जुटेका थिए ।
तर अवको रणनीतिका विषयमा नेपाल पक्षमा ठ्याक्कै यसैगरी जाने भन्नेमा आम सहमति छैन । नेताहरुका वीचमा दुई थरी मत छ । एउटा –अव ओलीसँग मिल्नै सकिन्न, पार्टी ‘ब्रेक’ गरेर नयाँ पार्टी बनाएर जानुपर्छ । अर्काे– होइन, अहिले पार्टीै व्रेक गर्नै हुन्न, हिजो फुटेर एकाहरुको अवस्था के भयो, त्यसको समिक्षा आवश्यक छ ।
आफ्नै समुहभित्र देखा पर्न थालेको असमझदारीका कारण नेपाल समुह दुविधामा छ । नेपाल स्वंय भने ओलीसँग बस्न नसक्ने भन्दै एक्लै भएपनि नयाँ दल गठन गरेर जानुपर्ने पक्षमा अहिले उभिएका छन् ।
नेपाल निकट एक नेताका अनुसार, आइतबार राती भएको जुम बैठकमा पनि नेपालले नेताहरुसग प्रस्ताव गदै भनेका थिए,–‘अब ओलीसँग सँगै बस्न सकिदैन पछि जे होला–होला । तर अहिलेको अवस्थामा एकै ठाउँ बस्न नसकिने भइयो, नयाँ पार्टी बनाउन आँट गरौं’
नेपालको भनाई उद्धृत गदैं ति नेताले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने,–‘तपाईहरुले परिस्थिति देखिरहनुभएको छ अहिलेको अवस्था मिलेर जाने खालकै छैन अब दलविहिन भएर बस्ने कुरा पनि भएन । त्यसो हुँदा पछि आउने परिस्थितिको बारेमा पछि नै कुरा गरौला, अहिले आँट गरेर जाऔं ।’
नयाँ दल बनाउने नेपालको त्यस्तो प्रस्तावमा अर्का वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, बेदुराम भूषाल, रामकुमारी झाक्री लगायतका नेताहरु सहमत देखिएका छन् । उनीहरुमध्ये रावल र भूषालले नयाँ दस्तावेज तयार पारेका छन् । ‘रावल र भूषालले राजनीतिक प्रतिवेदन तयार गरिरहनु भएको छ’, ति नेताले भने ।
तर अझै पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरु भने पार्टी विभाजनको विषयमा गम्भिर भएर सोच्नुपर्ने पक्षमा उभिर्एका छन् । आइतबार साँझ बैठकमा सहभागी हुनु अघि नेपाल पक्षका केन्द्रीय सदस्य ठाकुर गैरेले एकताको संभावना अझै बाँकी नै रहेको आशयको धारणा व्यक्त गरेका थिए । ‘नेकपा एमाले बिभाजन तर्फ भन्ने जस्ता अरूचिकर समाचार प्रसारण भैरहेका छ्न। बिभाजन रोक्न प्रमुख नेताहरुको जिम्मेवार पुर्ण भुमिका होस’, उनले भनेका थिए ।
बैठकमा पनि उनले त्यही धारणा राखेका थिए । यद्यपि उनको कुरा भने सुनुवाई भएन । ‘एमाले विभाजन भएर माले भएका र अहिले नेपाल पक्षमा रहेका नेताहरु भने पार्टी विभाजन हुनुहुदैन भन्ने पक्षमा छन्’, स्रोतले भन्यो ।
तत्कालिन विद्यार्थी नेता राजेन्द्र राई भने उग्र रुपमै नयाँ पार्टी बनाएर जानुपर्ने पक्षमा उभिएका छन् । अखिलकै पूर्व नेता संखुवासभाका जीवन राईले निर्वाचन आयोगमा नयाँ दल दर्ता पनि उनै राईकै निर्देशनमा गराएका थिए । शुरुमै एककिृत नेकपा एमाले नाममा राईले निर्वाचन आयोगमा दल दर्ता गराउन खोजेका थिए ।
तर निर्वाचन आयोगले त्यसमा दल दर्ता गर्न ठाडै इन्कार गरेपछि पछि नेकपा एकीकृतको नाममा नयाँ दल दर्ताको प्रक्रिया आयोगमा पूरा गरेर राई फर्केका थिए ।
पार्टी नेताहरुलाई विभिन्न वाहनामा प्रधानमन्त्री ओलीले अलमलाईराख्ने, त्यसपछि तत्काल निर्वाचन घोषणा हुने, पार्टीले नेताहरुलाई पनि कारवाही गर्ने र दलवीहिन बनाईदिन सक्ने सम्भावना हुन सक्ने देखेपछि राई लगायतका नेपाल पक्षका युवा विद्यार्थी नेताहरुले निर्वाचन आयोगमा नेकपा एकीकृत नामको दल दर्ता गरेको देखिन्छ ।
यो दल दर्ताका बेलामा पनि पूर्व विद्यार्थी नेताहरुले नेपाल समुहका परशुराम मेघी गुरुङ, सोमप्रसाद पाण्डे, राजेन्द्र राई र नेपालका स्वकिय सचिव मोहन गौतम लगायतसाग पटक–पटकको समवाद पछि दर्ता गराएको दर्ता गराएका मध्येकै एकले बताएका छन् ।
यसले पनि नेपाल समुह ढिलोचाढो ओलीसाग छुट्टिने विकल्पमै अग्रसर देखिएको छ । आफनो समुहका दोस्रो तहका नेताहरु तयार हुने वित्तिकै नेपाल र खनाल एमाले विभाजनको जोखिम उठाउन तयार देखिईसकेका छन् ।
‘पार्टी विभाजन गर्दाको पीडा आफूहरुले मात्र थाह पाएको, त्यसको पीडा माधव नेपाल र झलनाथ खनालले नभोगेका कारण उहाँहरु नयाँ दल गठन गर्न लाग्नु भएको छ यसले पार्टी बन्ने भन्दा पनि व्यक्ति सकिने दिशामा मात्र जाने हो,’ नेपाल समहुमै रहेका पूर्व मालेमा गएका एक नेताले भने ।
नेपाल समूहमा रहेका पूर्व मालेमा गएका नेताहरु विभाजनको विपक्षमा रहेका छन् । त्यसमध्ये एक योगेश भट्टराईले पार्टी एकताकै लागि अझै पहल गर्नुपर्छ भनेर नेपालसमुहबाट अलिक टाढा हुन खोजेका छन् ।
योगेशसँगै सिन्धुलीका गणेश पहाडीले पनि पार्टी विभाजनको बाटो नरोज्ने भन्दै नेपाल पक्षको साथ छोड्ने संकेत गरेका छन् ।
०००
प्रतिक्रिया