३ बुँदे मागसहित विपक्षी गठबन्धन सर्वोच्च अदालतमा
मेरोन्यूज
२०७८ जेठ १० गते १४:३३

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पर्ने र संसद पुनस्र्थापना गर्न माग गर्दै १४६ जना सांसदहरूको हस्ताक्षरसहित विपक्षी गठबन्धन सर्वोच्च अदालतमा पुगेका छन् । गठबन्धनले आफ्ना दुई वटा माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको हो । त्यसका लागि नेताहरू अदालत पुगेका हुन् ।
शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेसँगै विपक्षी गठबन्धनका नेताहरू विरोधमा उत्रिँदै आएका थिए ।
विपक्षी गठबन्धनले आफ्नो रिटमा तीन वटा माग राखेका छन् ।
१, संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज ।
२, संसद अधिवेशनको मिति तोक्नु पर्ने ।
३, संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया