निर्यातमा ११ वर्षकै सुधार

काठमाडौँ । चालु आर्थिक वर्ष २०७७/०७८ को १० महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७७/७८ को पहिलो दश महिनाको (साउदेखि वैशाखसम्म) तथ्यांकअनुसार यस अवधिमा १ खर्ब ८ अर्ब ४७ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो ।
सरकारले गत आव २०६६/६७ मा १ खर्ब रुपैयाँभन्दा बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि चालु आर्थिक वर्षको १० महिनाको अवधिमा उक्त लक्ष्य पूरा भएको हो ।
यसैगरी १० महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको हो । गत आवमा सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।
यस वर्ष व्यापार घाटा २१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको सरकारी तत्थ्यांकले देखाएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ४ र निर्यातको हिस्सा ७ दशमलव ९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र शुन्य दशमालब ५९ प्रतिशतले घटेको हो ।
भन्सार विभाग अनुसार १० महिनामा ११ अर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २१ द्यशमलब ४८ प्रतिशतले व्यापार घाटा भएको हो ।

















तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गता स्रोत कक्षा सञ्चालन
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता
बागलुङ कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
Tipper driver dies from electrocution in Siraha
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया