सोमबार, वैशाख १४, २०८३

कोरोना दोस्रो डोज खोप लगाउने अवधि बढ्यो,१२ देखि १६ हप्ता भित्र लगाउन सकिने

मेरोन्यूज २०७८ जेठ १० गते १६:४१

काठमाडौं । कोभिड खोपको दोस्रो मात्रा १२ देखि १६ हप्ताभित्र दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा कोभिसिल्ड खोप लगाएका ती उमेर समुहलाई भारतले समेत नयाँ गाइडलाइन अनुसार १२ देखि १६ हप्ता भित्र दोस्रो मात्रा दिने गरी तयारी गरिरहेको प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले बताए।

Advertisement
NiccNicc

उनले चार महिनाभित्र दोस्रो मात्रा दिने प्रमुख विशेषज्ञ पोखरेलले जानकारी दिएका हुन्। उनले भने,“पहिला हामी १२ हप्ता भन्थ्यौ तर भारतमा जुन नयाँ गाइडलाईन आएपछि हामी त्यसैलाई फ्लो गरिरहेका छौं ।”

यसअघि मन्त्रालयले पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउने निर्णय गरेको थियो। तर खोप भने अझै नेपालमा आउन सकेको छैन।

प्रतिक्रिया