कोरोना संक्रमणबाट डिएसपी समिर खरेलको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) समिरचन्द्र खरेलको सोमबार दिउँसो मृत्यु भएको छ ।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा दुई सातायता उपचारमा रहेका खरेलको सोमबार अपराह्न मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण स्वासप्रस्वासमा समस्या देखिएपछी दुई साता अगाडी उनलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
तीन साताअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य बिग्रदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
डीएसपी खरेल लमजुङ प्रहरी प्रमुख र ईलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी सम्हालिसकेका अधिकृत हुन् । गतवर्ष संयुक्त राष्ट्रसंघीय मिसन गएका उनि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।
गत साता मात्र नेपाल प्रहरीका अर्का डीएसपी राजकुमार केसीको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । जनताको सुरक्षामा खटिने क्रममा नेपाल प्रहरीका ११ कर्मचारीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया