एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

काठमाडाैं । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ । साेमबार बालुवाटारमा बसेकाे स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री त्रिलाेचन भट्टलाई दिएकाे समर्थन फिर्ता लिएकाे हाे ।
एमालेकाे समर्थनमा भट्ट तीन वर्ष अगाडि मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेकाे ओली पक्षले समर्थन फिर्ता लिएकाे भए पनि एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उनलाई साथ दिइरहेकाे छ ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २५ सदस्य छन् । यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ जना छन् । माओवादीले एक सदस्यलाई यसअघि नै कारवाही गरेर हटाइसकेको छ ।
कांग्रेसका १२ सदस्यले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टी नेपालका दुई सदस्य छन् । तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छ ।
माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेमा सरकारलाई सजिलो पर्छ । केन्द्रमा जसपा प्रधानमन्त्री केपी ओलीको सरकारकै निरन्तरताको चाहनामा रहेको हुनाले एमालेबाहेक माओवादीले सरकार बनाउन सक्ने सम्भावना कम छ ।
एमालेबाट सामाजिक विकासमन्त्री रहेका कृष्णराज सुवेदीले आधिकारिक जानकारी आएपछि छलफल गरिने बताए ।
















अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया