आईपीयू गभर्निङ काउन्सिलको भर्चुअल बैठक सुरु

काठमाडौं। अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को २०७औं गभर्निङ काउन्सिलको दुई दिने बैठक मंगलबार भर्चुअल माध्यमबाट सुरु भएको छ । प्रत्येक ६ महिनामा विभिन्न सदस्य राष्ट्रमा आयोजना हुँदै आएको सम्मेलन कोरोना महामारीका कारण अघिल्लो वर्षदेखि भर्चुअल माध्यमबाट बैठक भएको हो ।
काउन्सिलको बैठकमा नेपालको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभा सदस्य पार्वती रावल सहभागी भएकी छिन् । दुई दिनसम्म चल्ने बैठकको पहिलो दिन उद्घाटन तथा आईपीयूका अध्यक्ष दुआरते पचेकोले आफ्नो नियुक्ति पछिको ६महिने कार्यकाल बारे जानकारी गराएका थिए ।
काउन्सिलको बैठकमा आईपीयूको २०२०को बजेट र २०६औं बैठकका निर्णय समिक्षा भएको छ।त्यसैगरी दोस्रो दिन विभिन्न कमिटीहरुका प्रतिवेदन बारे छलफल हुनेछ। आईपीयू सम्मेलन पनि हुँदै त्यसैगरी आईपीयूको १४२औं सम्मेलन यही बिहीबार र शुक्रबार भर्चअल माध्यमबाटै हुनेछ।
महामारीको समयमा व्यवस्थापिका संघको भूमिका विषयमा छलफल हुने सम्मेलनमा पनि नेपालको संघीय संसदको तर्फबाट अध्यक्ष तिमिल्सिना सहभागी हुने र सम्बोधन गर्नेछन् ।
आईपीयूको १४१औं सम्मेलनमा सर्बियाको बेलग्रेडमा २०७६ असोजमा भएको थियो। सो सम्मेलनमा नेपालको संसदको तर्फबाट अध्यक्ष तिमिल्सिना नेतृत्वको ९ सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया