काेभिड ४ दशकदेखि सञ्चालित, महामारी मात्र होइन

काठमाडौँ । पछिल्लो दुई वर्षदेखि विश्वका अधिकांश मानिसहरू कोभिड १९ (कोरोना भाइरस)को नाम सुन्दै आएका छन् । जब विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई महामारी घोषित गरेसँगै कोभिड नाम थप चर्चामा भएको छ ।
तर, योभन्दा पहिला नै कोभिड नाम चर्चामा रहेको थियो । अमेरिकाको एरिजोना भन्ने ठाउँमा करिब ४० वर्षदेखि कोभिड नाम गरेको कम्पनी सञ्चालमा रहेको छ । कोभिड डट कम नाम गरेको यस कम्पनीले अडियो, भिजुअल, वाल पेन्ट र केबल तयार गरी विश्वभर बिक्री गर्दै आएको छ ।
स्थापना समयदेखि खासै चर्चामा नआएको यस कम्पनीले कोभिड महामारी फैलिएसँगै चर्चा पाएको छ । कम्पनीका सिइओ नर्म कार्सन भन्छन्, ‘जब पहिलोपटक फेब्रुअरी २०२० मा पत्ता लाग्यो कि आफ्नो कम्पनी र विश्वभर चलेको महामारीको नाम एकै रहेछ, त्यसपछि एम्स्टर्डममा अडियो भिजुअल कार्यक्रममा भाग लिन गएँ ।”हाम्रो कम्पनीको नामसँग महामारीको नाम जुधेपछि मानिसहरूले नयाँ ट्याग दिए, कसैले महामारी भने,’ उनले भने, ‘तर एकै नाम कहिले संक्रमणसँग जोडिन्छ, हाम्रो स्तरसँग जोडिन सक्छ ।’
कार्सनले सुरूमा आफ्नो कम्पनीको नाम एक भिडियो कम्पनी राख्न खोजे पनि कसैले राखिसकेको बताए । यसैबीच एक जना कलाकर्मीले आफ्नो कम्पनीको नाम कोभिड राख्न सुझाव दिएको उनले बताए ।उनले पछिल्लो समय विश्वभर सबैभन्दा बढी चर्चामा रहेको शब्द नै आफ्नो कम्पनीको नाम भएकाले गर्व गर्नु पर्ने बताए । यसले आफ्नो कम्पनी चर्चित बनेको उनको बुझाई छ ।
धेरै पटक अनौठो घटना भएको कम्पनीका सिइओ कार्सन सम्झन्छन् । ‘केही पटक हास्यास्पद घटना भएको छ, मानिसहरू कम्पनीको बोर्ड देखेर कोभिड-१९ को उपचार हुने ठाउँ भन्ने रहेछन्, स्वाव परीक्षण गर्न आएका थिए,’ उनी भन्छन्, ‘यो देखेर केही मानिसले कम्पनीको नाम बदल्न सुझाव दिए, कोभिड पहिला हाम्रो थियो, पछि यो महामारीको नाममा आए त के गर्नु ?’
कतिपय मानिसले आफ्नो कम्पनीको नाम कोभिड भएकोमा आश्चार्य मान्दै के तिम्रो कम्पनीको नाम कोभिड हो र ? भनेर प्रश्न गरेको कार्सनले बताए । एजेन्सी
















मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
Former Prime Minister, CPN (UML) chair Oli arrested
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया