कोभिड हेल्प डेस्क सञ्चालनपछि उपचारमा सहज

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृयाशील विभिन्न संघसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि संक्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा सचिवालयमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कोभिड हेल्प डेस्क स्थापनासँगै होम आईसुलेशनमा बसेका कोभिड संक्रमितलाई घरमा पुगी परामर्श सेवा, अत्यावश्यक औषधी वितरण तथा आवश्यकता अनुसार घरमै अख्सिजनसमेत उपलब्ध गराउँदै आईएको हो । मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील संघसंस्थाले कोभिड–१९ न्यूनीकरण अभियान एकीकृतरूपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क स्थापना गरेका हो ।
मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक संघका अध्यक्ष कृष्ण कटुवाल रहेका छन् । हेटौँडा अस्पताल मात्र होइन अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग गरिने कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी संघ हेटौँडाका महासचिव सरोज खनालले जानकारी दिए । रासस
















सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया