रुकुमपूर्वमा यार्सा संकलनमा रोक

रुकुमपूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले यस वर्ष यार्सा संकलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना संक्रमण फैलिरहेकाले यस बेलामा यार्सा संकलन खुला गर्दा संक्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।
रुकुमपूर्वसहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा संकलनमा रोक लगाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको उनले बताए ।
कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा संकलनमा रोक लगाइएको थियो । कोरोनाबाट बच्न भन्दै यार्सा संकलनमा रोक लगाइरहँदा यसबाट जिविकोपार्जन गर्दै आएकाको भने रोजिरोेटि खोसिएको छ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ र २ नम्बर वडाका बुकी पाटनमा यार्सा पाइँने गर्दछ । प्रत्येक वर्षको जेठको दोस्रो हप्ताबाट शुरु भएर असारको दोस्रो हप्तासम्म चल्ने गरेको यार्सा सिजन गत वर्ष र यस वर्ष भने ठप्पै छ ।
डिभिजन वन कार्यालय रुकुमपूर्वले भने रोक लगाउनुभन्दा अगाडि नै केही परिमाण यार्सा संकलनको पुर्जी दिइसकेको छ । दुई साता अगाडि नै सात किलोको संकलन पुर्जी दिएको वन कार्यालयका सहायक वन अधिकृत सूर्य मैनालीले जानकारी दिए । त्यो भन्दा पछाडि कसैलाई पनि यार्सा संकलन पुर्जी नदिएको मैनालीले बताए । गत वर्ष र यस वर्ष यार्सा संकलनमा रोक लगाउँदा विशेष गरी पुथाउत्तरगङ्गा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् । रासस

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया